सित्तैमा फुत्किने भए बार्सिलोनाका यी खेलाडी, एथ्लेटिकोले उछिट्याउने !

एजेन्सी – बार्सिलोनाले डिफेन्डर सर्जियो रोबर्टोलाई फ्री ट्रान्सफरमा गुमाउन सक्ने सम्भावना बढेको छ। यहि सिजनको अन्त्यमा सम्झौता सकिँदै गरेका रोबर्टोले सम्झौता थप नगर्ने भएसँगै उनलाई बार्सिलोनाले फ्री ट्रान्सफरमा गुमाउने भएको हो।

रोबर्टो झन्डै १२ वर्ष देखि बार्सिलोनामा छन्। रोबर्टोको सम्झौता यहि जुनमा सकिँदै छ। जुन पश्चात उनी विश्वका जुन सुकै क्लबमा फ्रीमा जान पाउनेछन्। विभिन्न स्पेनिस मिडियाहरुका अनुसार बार्सिलोनाले अहिले सम्म सम्झौता थपको प्रस्ताव गरेको छैन। र रोबर्टो आफैं पनि बार्सिलोना बस्न त्यति इच्छुक छैनन्।

कहाँ जालान् ?

स्पेनिस पत्रिका स्पोर्ट्सका अनुसार रोबर्टोको गन्तव्य वान्डा मेट्रोपोलिटानो हुन सक्छ। रोबर्टोलाई भित्र्याउन एथ्लेटिको म्याड्रिड तयार रहेको स्पोर्ट्सको दावी छ। रोबर्टोलाई भित्र्याउन एथ्लेटिकोले उनका एजेन्टहरुसँग सम्पर्क गरिसकेको बताइन्छ।

रोबर्टो बार्सिलोना बाहिर कहिले पनि खेलेका छैनन्। सन् २०१० देखि उनी बार्सिलोनाको सुनियर टोलीमा छन्। सिनियर टोलीमा डेब्यू गर्दा उनी मात्र १८ वर्षका थिए।

प्रकाशित : सोमबार, चैत ०७, २०७८१३:५०

महङ्गो भयो निर्वाचन, पैसा नभए उम्मेदवारै बन्न गाह्रो !