औवामियाङको मन पर्ने प्रतिद्वन्दी रहेछ रियल, अहिले सम्म गरिसके यति गोल ! कति ?

एजेन्सी – आइतबार राति रियल म्याड्रिडको घरेलु मैदानमा पिएरे इमिरिक औवामियाङले तहल्का नै मच्चाए। लगातार लालिगामा राम्रो प्रदर्शन गरिरहेको रियलको घरेलु मैदानमा औवामियाङले आफ्नो रवाफ देखाउन कुनै कसर बाँकी राखेनन्। औवामियाङले रियल विरुद्ध उत्कृष्ट दुई गोल गरे।

खेलको २९ औं मिनेटमा ओस्मान डेम्बेलेको क्रसमा औबामेयाङले हेडरमार्फत गोल गर्दै क्याटलान टोलीलाई अग्रता दिलाए भने खेलको ५१ औं मिनेटमा पनि उनले गोल गरे।

एक क्लासिकोमा दुई गोल गरेसँगै रियल म्याड्रिड विरुद्ध औबामेयाङको गोल संख्या ७ पुगेको छ। जसमध्ये पाँच गोल उनले रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा गरेका हुन्। औबामेयाङले बोरुसिया डर्टमन्डबाट खेल्दा रियल म्याड्रिड विरुद्ध ५ गोल गरेका थिए। ती सबै गोल च्याम्पियन्स लिगमा गरेका थिए।

लगातार चम्किँदै औवामियाङ

जनवरी ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लब आर्सनलबाट बार्सिलोना आइपुगेका पिएरे इमिरिक औवामियाङ उच्च लयमा देखिएका छन्। सहजै बार्सिलोनाको टीममा स्थापित हुन साफल औवामियाङ राम्रो लयमा देखिएका हुन्।

आर्सनलका प्रशिक्षक र अधिकारीहरुसँग सम्बन्ध बिग्रिएपछि औवामियाङले धेरै खेलमा त्यहाँ मौका पाएका थिएनन्। तर बार्सिलोना आइपुगेपछि भने औवामियाङ छुट्टै स्तरको खेल प्रदर्शन गरिरहेका छन्।

जारी सिजनमा बार्सिलोना आउनु अगाडी औवामियाङले आर्सनलका लागि १४ खेल खेलेका थिए। त्यसक्रममा उनले मात्रै ४ गोल गर्न सफल भएका थिए। तर बार्सिलोना आएपछि भने उनले ७ खेलमा सातै गोल गरेका छन्। यस बीचमा उनले एक ह्याट्रिक समेत गरिसकेका छन्।

प्रकाशित : सोमबार, चैत ०७, २०७८०९:५६

बार्सिलोनाको खेल देखेर स्वयम् जाभी पनि परे छक्क !