मेस्सीको बचाउमा हेनरीले भने:”थाहा भयो औकात, मेस्सी बिना पीएसजी केहि पनि हैन”

पेरिस सेन्ट जर्मेन (पीएसजी) आइतबार लिग १ मा एएस मोनाकोसँग ३-० ले पराजित भएपछि आर्सनलका लिजेन्ड र लियोनल मेस्सीका पूर्व टिममेट थियरी हेनरीले अर्जेन्टिनी कप्तानको रक्षा गरेका छन्।

मेस्सीले बिरामीको कारण स्टेड लुइस II को यात्रा गुमाए र उनको अनुपस्थितिमा क्लबले निकै कमजोर प्रदर्शन गर्यो। किलियन एमबाप्पे र नेयमार दुबैले हिजो खेल सुरुवात गरे र बल पोसेसनमा मोनाको भन्दा उत्कृष्ट भएपनि मोनाकोको पोस्टमा पीएसजीले खासै डर फैलाउन भने सकेन। अझै पनि फ्रेन्च लिगमा पीएसजीको हातमा १३ अंकको अग्रता रहेको छ तर यस खेलमा भने पीएसजी निकै खराब रहेको थियो।

हेनरीले बार्सिलोनामा तीन सिजन बिताए र एक युवा मेस्सीलाई तर्कसंगत रूपमा सबै समयको महानतम खेलाडीको रूपमा विकसित भएको देखेका छन्। अमेजन प्राइम एफआरमा बोल्दै, हेनरीले मेस्सीलाई सबै समयको महानतम खेलाडी भन्दै उनको बचाउ गरे। उनले गत साता बोर्डोक्सको विरुद्धको खेलमा पीएसजीका समर्थकहरूले मेस्सी विरुद्ध लगाएको नाराको पनि कडा आलोचना गरेका छन्।

उनले भने, “गत हप्ता, पीएसजीका फ्यानहरूले मेस्सीलाई गाली गरे। तपाईं कसरी सर्वकालीन महानतम खेलाडीलाई गाली गर्न सक्नुहुन्छ? जसले लिग १ मा सबैभन्दा धेरै गोल गर्न असिस्ट प्रदान गरेको छ? आज, मेस्सी बिना टोलीले केहि पनि सिर्जना गर्न सकेन।”

प्रकाशित : सोमबार, चैत ०७, २०७८१३:२८

आउने सिजन युनाइटेडले च्याम्पियन्स लिग नभई युरोपा लिग खेल्ने, यस्तो बन्यो अवस्था !