आउने सिजन युनाइटेडले च्याम्पियन्स लिग नभई युरोपा लिग खेल्ने, यस्तो बन्यो अवस्था !

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग नभई युरोपा लिग खेल्ने लगभग पक्का जस्तै भएको छ। प्रिमियर लिगको छैठौं स्थानमा झरेसँगै युनाइटेड युरोपा लिगमा सिमित हुने अवस्था बनेको हो।

आइतबार शिर्ष चार दौडमा रहेको टोटेनह्यामले प्रिमियर लिगमा महत्वपूर्ण जित निकाल्यो। दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सन र इंग्लिस फरवार्ड ह्यारी केन चम्किँदा टोटेनह्यामले वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको हो।

वेस्ट ह्यामलाई पराजित गरेसँगै टोटेनह्याम लिगको पाँचौ स्थानमा उक्लिएको छ। पाँचौ स्थानमा उक्लिनेक्रममा टोटेनह्यामले म्यानचेस्टर युनाइटेडलाई पछि पार्यो। टोटेनह्याम र युनाइटेडले समान २९ खेल खेलेका छन्। जसबाट युनाइटेडले ५० अंक बनाउँदा टोटेनह्यामले ५१ अंक बनाएको छ।

सिजनको शुरुवातमा केहि कम्जोर देखिएपछि टोटेनह्यामको पछिल्लो प्रदर्शन सन्तोषजनक छ। यस्तोमा टोटेनह्यामले शिर्ष चारमा लागि प्रतिष्पर्धा गर्ने स्पष्ट देखिन्छ।

आर्सनल शिर्ष चारमा

हालको अवस्थालाई हेर्दा शिर्ष चारको लागि आर्सनल, टोटेनह्याम र युनाइटेड बीच प्रतिष्पर्धा हुने देखिएपनि सो प्रतिष्पर्धा आर्सनल सफल हुने संकेत देखा परेको छ। टोटेनह्याम र युनाइटेड भन्दा एक खेल कम खेल्दा नै आर्सनलले युनाइटेड भन्दा ४ अंकको अग्रता बनाइसकेको छ।

अब शिर्ष चारमा युनाइटेडको हातमा छैन। भाग्यले साथ दिए मात्रै युनाइटेड शिर्ष चारमा पर्न सक्नेछ। युनाइटेड शिर्ष चारमा पर्नको लागि आर्सनल र टोटेनह्यामले सिजनमा बाँकी खेलहरु लगातार हार्नुपर्नेछ।

प्रकाशित : सोमबार, चैत ०७, २०७८१४:२०

औवामियाङ: बार्सिलोनाका लागि आकाशबाट खसेको एक सुन्दर उपहार …