एकाएक बार्सिलोनालाई के चढ्यो, चार गोल घटी हान्नै छाड्यो !

एजेन्सी – लियोनेल मेस्सीको बहिर्गमन पछि संकटमा परेको क्याटलान क्लब बार्सिलोना अन्ततः लयमा फर्किएको छ। आइतबार राति एल क्लासिकोमा रियल म्याड्रिड विरुद्ध शानदार जित निकालेसँगै बार्सिलोना लयमा फर्किएको हो।

लियोनेल मेस्सीले छाडेपछि जारी सिजनको शुरुवातमा बार्सिलोना धेरै नै कम्जोर अवस्थामा पुगेको थियो। त्यसबेला बार्सिलोनाका खेलाडीहरु फिनिसिङमा चुकिरहेका थिए। जसकारण बलमा राम्रो नियन्त्रण राखेको खेलमा समेत बार्सिलोना पराजित भइरहेको थियो। तर अहिले आएर भने बार्सिलोनाको आक्रमण सिजनकै घातक देखिएको छ।

जनवरी ट्रान्सफर विन्डोमा बार्सिलोनाले तीन खेलाडी भित्र्याएको थियो। बार्सिलोनाले भित्र्याएका खेलाडीहरुमा पिएरे इमरिक औवामियाङ, फेरान टोरेस र एडामा ट्राओरे छन्। यी तीन खेलाडी थपिएपछि बार्सिलोनाको आक्रमणपङ्ती पहिला भन्दा धेरै राम्रो भएको छ।

फेब्रुअरी महिनायता बार्सिलोनाको प्रदर्शन हेर्नलायक छ। जनवरी ट्रान्सफरमा भित्रिएका खेलाडीहरुको उच्च प्रदर्शनले लालिगाका ठूला क्लबहरुलाई पनि घुँडा टेक्न बाध्य बनाएको छ। फेब्रुअरी महिना यता बार्सिलोनाले लालिगामा सात खेल्दा ६ खेलमा जित निकालेको छ। यस बीचमा बार्सिलोना इस्प्यानोलसँग मात्रै बराबरीमा रोकिएको छ।

बार्सिलोनाले फेब्रुअरी यतामात्रै लालिगामा २४ गोल गरिसकेको छ भने मात्रै ६ गोल बेहोरेको छ। अझ रोचक कुरा के छ भने, फेब्रुअरीयता बार्सिलोनाले लालिगामा ७ प्रतिद्वन्दी मध्ये पाँच विरुद्ध ४ का दरले गोल गरेको छ।

बार्सिलोनाले सबै भन्दा पहिला फेब्रुअरीको पहिलो सातामा ४-२ को गोल अन्तरले पराजित गरेको थियो। त्यसयता भ्यालेन्सिया, एथलेटिक बिल्बाओ, ओसासुना र रियल म्याड्रिड विरुद्ध चारका डरले गोल गरिसकेको छ।

प्रकाशित : सोमबार, चैत ०७, २०७८१५:१४

“भाइ.. तै होस् ब्यालोन डी ओर जित्ने भन्या ? भन्दै भिनीसियसलाई थर्काए गार्सियाले [भिडियो सहित]