रियल म्याड्रिडको ब्याण्ड बाजा बजाएपछि बुस्केट्सले भने-“अब ला लिगा जित्ने हो”

गत राति भएको एल क्लासिकोमा बार्सिलोनाले बर्नाबेउमा रियल म्याड्रिडलाई ४-० ले हराएपछि बार्सिलोनाका कप्तान सर्जियो बुस्केट्सले आफ्नो टोली निश्चित रूपमा ला लिगा उपाधिको दौडमा अझै रहेको दाबी गरेका छन्।

खेल सुरु हुनु भन्दा अगाडीसम्म कसैले पनि रियल म्याड्रिडले यस्तो प्रदर्शन गर्ला भनेर सोचेका पनि थिएनन्। तर बार्साले लस ब्लान्कोसलाई आफ्नै घरेलु मैदानमा हराउन निकै अविस्मरणीय प्रदर्शन गर्‍यो। दुबै टोलीले प्रारम्भिक अवसर पाए पनि २९ औं मिनेटमा बार्सिलोनाका पियरे एमरिक-अउबामेयाङले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। रोनाल्ड अराउजोले केही मिनेटपछि नै कर्नरबाट गोल गर्दै अग्रता दोब्बर बनाए र हाफ टाइमको ब्रेकमा बार्सालाई २-० को अग्रता दिलाए।

दोस्रो हाफमा रियल म्याड्रिडका लागि चीजहरू खराब भन्दा पनि झन् खराब हुँदै गयो जब खेल पुन: सुरु भएको केही मिनेटमा नै फेरान टोरेसले ब्लाउग्रानाका लागि तेस्रो गोल गरे। त्यसपछि ५१ औं मिनेटमा औबामेयाङले आफ्नो दोस्रो (र बार्सिलोनाको चौथो) गोल गर्दै ४-० को अग्रता दिएका थिए।

यो महत्वपूर्ण जितसँगै बार्सिलोना ला लिगा तालिकाको तेस्रो स्थानमा उक्लिएको छ, शीर्ष स्थानको रियल म्याड्रिड (एक खेल हातमा भए पनि) भन्दा १२ अंकले पछि। दुई क्लब बीच रहेको ठूलो भिन्नताको बाबजुद, बार्सिलोनाका कप्तान सर्जियो बुस्केट्सले आफ्नो टोलीले उपाधि दौडमा हार नमानेको घोषणा गरेका छन्। तर यो निकै कठिन हुने पनि उनले स्वीकार गरेका छन्।

रियल म्याड्रिड विरुद्ध हिजो रातिको जितपछि Barca TV+ (Barca Universal मार्फत) सँग कुरा गर्दै उनले भने: “आज मलाई लाग्छ कि हाम्रो लागि सबै कुराले काम गर्यो, मलाई लाग्छ कि हामीले आज धेरै गोल गर्न सक्थ्यौं। हेर्नुहोस्, हामीलाई थाहा थियो यदि हामीले आज राम्रोसँग खेल्यौं भने हामी जित्छौं। हामीले यो प्रशिक्षकसँग यस्ता काम गर्दै आएका छौं।”

“हामीले अझ धेरै गोल गर्न सक्थ्यौं। यदि हामीले लिगमा थोरै मौका पाएको खण्डमा हामी त्यसको लागि जान्छौं, यो गाह्रो छ तर म्याड्रिडले अंक ड्रप गरेको अवस्थामा हामी तयार हुनुपर्छ। पहिले हामीले आफूलाई दोस्रो स्थानमा ल्याउनु पर्छ, किनभने हाल दोस्रो स्थानमा सेभिल्ला छ,” उनले भने।

प्रकाशित : सोमबार, चैत ०७, २०७८१४:५५

एकाएक बार्सिलोनालाई के चढ्यो, चार गोल घटी हान्नै छाड्यो !