हिन्दु धर्मका अनुसार हरेक दिनको आआफ्नो छुट्टै महत्व रहेको हुन्छ। तर त्यस मध्य पनि बिहिवार अर्थात् गुरुवारको पनि निकै नै महत्व रहेको छ। ज्योतिषशास्त्रका अनुसार बिहिवार बिशेषगरि भगवान बिष्णुसंग सम्बन्धित वार हो । यति मात्र नभई बिहिवारलाई साई बाबाको शुभ दिन समेत मान्ने गरिन्छ। मान्यता अनुसार बृहस्पति ग्रह अन्य ग्रहको तुलनामा खतरनाक हुने गर्दछ त्यसै कारणले गर्दा बिहिवारको दिन भुलेर पनि यस्ता कार्यहरु गर्नु हुदैन जसले जीवनमा नकारात्मक प्रभाव परोस , शास्त्रका अनुसार महिलाको कुण्डलीमा बृहस्पति ग्रह पति र सन्तानको कारकको रुपमा रहने गर्दछ। यसको मतलब यसले पति र सन्तान दुबैमा नकारात्मक प्रभाव पार्दछ।
त्यसैले गर्दा पनि बिहिवारको दिन सकेसम्म पनि यी काम भुलेर पनि गर्नु हुदैन ;
-बिहिवारको दिन सकेसम्म कपाल नुहाउने एवम कपाल काट्ने गर्नु हुदैन।
-यदि महिलाले बिहिवारको दिन झुक्किएर पनि कपाल नुहाउने तथा काट्ने गरेमा सन्तान एवम पतिको उन्नति प्रगतिमा बाधा उत्पन्न हुन जान्छ।
-बिहिवार नङ काट्ने एवम सेविंग गर्नाले बृहस्पति ग्रह कमजोर भई जीवनमा नकारात्मक प्रभाव पर्न जान्छ।
-बिहिवारको दिन घरमा कुचो लगाउने , कपडा धुने , कवाडी समान घरबाट बाहिर निकाल्ने गर्नाले घरका सदस्यको शिक्षा , धर्म , उन्नतिमा आदिमा वाधा पुग्ने देखिन्छ।
-बिहिवारको दिन लक्ष्मी , नारायण दुबैको एकसाथ पुजा आराधना गर्नाले जीवनमा नसोचेको लाभ प्राप्त हुनका साथै धन वृद्धि र दाम्पत्यजीवनमा खुसियाली छाउने बिश्वास रहेको छ।