विश्वकप छनौट अगाडी पोर्चुगलमा ठूलो झड्का, तनावमा रोनाल्डो !

एजेन्सी – यसैवर्ष कतारमा हुने फिफा विश्वकप २०२२ को प्लेअफ खेलअघि पोर्चुगललाई ठुलो झट्का लागेको छ । पहिलो रोजाईको सेन्टर ब्याक रुवेन डियासलाई यसअघि नि गुमाइसकेको पोर्चुगलले अर्का भेट्रान डिफेन्डर पेपेलाई समेत गुमााउन पुगेको छ ।

दुई मुख्य डिफेन्डर नै टोलीमा नरहेपछि क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहने पोर्चुगललाई टर्कीविरुद्धको प्ले अफमा जित हात पार्न सहज हुनेछैन । यसले विश्वकपमा स्थान बनाउनेमा आशावादी रहेको फर्नान्डो सान्तोषको पोर्चुगललाई ठुलो धक्का लागेको छ ।

टोलीमा रहेका पेपेलाई अन्तर्राष्ट्रिय विश्रामको सुरुमै कोरोना पुष्टि भएपछि उनी टोलीब्बाट बाहिरिएका हुन् । कोरोना पुष्टि भएका पेपे अब क्वारेन्टिनमा रहनेछन् । उनको विकल्पमा प्रशिक्षक सान्तोषले यु–२१ टोलीमा रहेका लिलका डिफेन्डर टियागो जालोलाई टोलीमा समेटेका छन् ।

रोनाल्डो आफ्नो राष्ट्रको लागि सबैभन्दा ठुलो चरणमा विजय हासिल गर्न नसकेपछि प्लअफको बाटो कुर्नुपरेको थियो । विश्पकप छनोटको समूहमा सर्वियासँग पछि परेपछि पोर्चुगलले प्ले अफ खेल्नुपरेको हो । टर्कीलाई हराउन सके पोर्चुगलले त्यसपछि युरो २०२० को विजेता इटाली वा उत्तरी म्यासेडोनियासँग खेल्नुपर्ने हुनछ । टर्कीसँगको खेल २४ मार्चको राति हुनेछ ।

प्रकाशित : मङ्गलबार, चैत ०८, २०७८०८:३४

रियलसँगको हार बिर्सिन सकिरहेका छैनन् पिएसजीका खेलाडीहरु, खस्कियो मनोबल !