बार्सिलोनाको दुविधा: सित्तैमा डेमबेले कि ३० मिलियनमा ट्राओरे, कसलाई रोज्ने ?

गत विन्टर ट्रान्सफर विन्डोमा बार्सिलोनाले क्लबको सबैभन्दा महँगा अनुबन्ध मध्ये एक उसमाने डेमबेलेलाई क्लबबाट लखेट्न सकेसम्म प्रयास गरेको थियो। लगातारको चोटका कारण धेरै जसो समय मैदान बाहिर बिताएका फ्रेन्च स्टारलाई क्लबले यसै सिजन सकिने सम्झौता नवीकरण गर्न प्रस्ताव पनि गरेको थियो।

तर दुई पक्ष कुरा नमिलेपछि त्यो सम्भव हुन सकेन। त्यसैले पनि बार्सिलोना केही रकम प्राप्त गर्नका लागि पनि डेमबेलेलाई बेच्न आतुर देखिन्थ्यो। तर बार्सिलोनाको उक्त कदम सफल भएन। अन्तत: डेमबेले बार्सा मै सिजनको अन्त्यसम्म बस्ने पक्का भयो। बोर्ड र खेलाडी बीच ठूलो मनमुटावका बीच पनि क्लब प्रशिक्षक जाभीले पूर्व डर्टमण्ड स्टार माथि भरोसा जताए।

हाल जनवरीपछि क्लबमा डेमबेलेले गरेको कायापलट देखेर क्लब पनि छक्क परेको छ। जसको कारण क्याटालान क्लबमा सिजन अगाडि बढ्दै जाँदा अब कसलाई क्लबमा राख्ने भन्ने बारेमा धेरै यथार्थवादी बहस भइरहेको छ: फ्रेन्च स्टार वा एडामा ट्राओरे। ट्राओरलाई डेमबेलेको प्रतिस्थापनको रूपमा प्रिमियर लिग क्लब वुल्फ्सबाट लोनमा अनुबन्ध गरिएको थियो। तर अब क्लबले आफ्नो आर्थिक स्थितिलाई मध्यनजर गर्दै दुबै स्टारलाई क्लबमा राख्न असम्भव जस्तै देखिन्छ।

डेम्बेलेको हकमा यो कुरा छ कि बार्सिलोनाको प्राविधिक विभागले उनलिई नयाँ सम्झौतामा सहमत गराउन आवश्यक छ, ट्राओरेलाई हस्ताक्षर गर्न भने उनीहरुले वोल्भरह्याम्प्टन वान्डरर्ससँगको प्रारम्भिक सम्झौताको भागको रूपमा ३० मिलियन युरो तिर्नुपर्नेछ। त्यसैले पनि बार्सिलोनाका लागि ट्राओरेलाई स्थायी रूपमा अनुबन्ध गर्नु भन्दा डेमबेलेको सम्झौता थप गर्नु सस्तो विकल्प देखिन्छ।

प्रकाशित : मङ्गलबार, चैत ०८, २०७८१०:५२

एकाएक युभेन्टसले बोली फेर्यो, डिबाला आउट ?