फेरी सुनको मूल्य लाख नाघ्यो ! कति ?

काठमाडौँ – फागुनको तुलनामा चैत लागेपछि केहि घटेको सुनको मूल्य पुनः १ लाख नाघेको छ। साताको तेस्रो दिन बढेसँगै सुनको मूल्य पुनः लाख नाघेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ८ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य १ लाख ३ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ८ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९९ हजर ८ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा रु २० ले बढेको हो। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : मङ्गलबार, चैत ०८, २०७८१०:५६

आजबाट आइपिओ खुला गरेको ग्रीन भेन्चर्सको वित्तीय अवस्था के छ ?