प्रत्येक व्यक्तिको स्वभाव र व्यवहार उसको वरपरको वातावरण, उसको बानी, उसको जीवनको परिस्थितिमा निर्भर हुन्छ। तर मानिसको कुण्डलीमा रहेको ग्रह र राशिले पनि उक्त मानिसको स्वभावमा ठूलो प्रभाव पार्छ। व्यक्तिको राशिफल मात्र थाहा भएमा उनको व्यक्तित्व र भविष्यका बारेमा धेरै कुरा अनुमान गर्न सकिन्छ। आज हामी त्यस्ता राशिका बारे जान्दछौं जसका व्यक्तिहरू धेरै जिद्दी हुन्छन् र हरेक काममा आफ्नो हुकुम चलाउँछन्।
कर्कट राशि
कर्कट राशिका मानिस ऊर्जावान, निडर र वफादार हुन्छन्। त्यस्तै, तिनीहरू धेरै पनि जिद्दी हुन्छन्। यी मानिसहरूलाई धम्की दिएर काम गर्न सकिँदैन। जबकि मायाको बलमा उनीहरुलाई जे पनि काम गराउन सकिन्छ।
सिंह राशि
सिंह राशिका मानिस इमानदार, मेहनती र वफादार हुन्छन्। यी मानिसहरू झूट बोल्ने र धोका दिने मानिसहरूलाई मन पराउँदैनन्। कसैले यिनीहरुसँग गल्ती गर्न खोज्यो भने बदला नलिई चुपचाप बस्दैनन्। यस मामिलामा तिनीहरू धेरै जिद्दी हुन्छन्।
मकर राशि
मकर राशिका मानिसहरु पनि धेरै जिद्दी हुन्छन्। तर, उनिउहरुको यही जिद्दीले यी मानिसलाई जीवनमा ठूलो सफलता पनि दिन्छ। तर कहिले काहिँ अलि मनमानी ढंगले दौडिन थाल्छन् र कसैको कुरा सुन्दैनन्।
मीन राशि
मीन राशिका मानिसहरु नियतमा दृढ हुन्छन्। आफूले गर्ने निर्णय गरेको काम पूरा गरेर मात्र राहतको सास फेर्छन्। उनीहरू न त चुनौतीसँग डराउँछन् न आत्मसम्मानसँग सम्झौता गर्छन्। कसैको अगाडि झुक्न मन पराउँदैनन्। यही जिद्दीका कारण कहिलेकाहीँ घाटा पनि बेहोर्नु पर्ने हुन्छ।