२२ वर्षपछि शनिको महादशाको चपेटामा आउँदै यी राशिका मानिस, स्थिति हुनेछ निकै कष्टकर !

ज्योतिष शास्त्र अनुसार शनिको राशि परिवर्तनलाई निकै महत्वपूर्ण मानिन्छ। किनभने यसले सबै राशिका व्यक्तिहरूलाई असर गर्छ। शनि २०२० बाट मकर राशिमा गोचर गरिरहेको छ र अब अप्रिलबाट कुम्भ राशिमा गोचर सुरु गर्दैछ। शनिको यस परिवर्तनले केही राशिका व्यक्तिहरूलाई शनिको साढे साती महादशा र शनि ढैय्याबाट मुक्ति मिल्नेछ भने केही राशिलाई यसको असर सुरु हुनेछ। ३० वर्षपछि शनिले आफ्नो राशि कुम्भमा प्रवेश गर्नेछन्। जान्नुहोस् कुन राशिमा सुरु हुँदैछ शनिको साढे सातीको महादशा ?

२९ अप्रिल २०२२ मा शनि कुम्भ राशिमा प्रवेश गर्नेछ। शनि यस राशिमा प्रवेश गर्ने बित्तिकै मीन राशिमा शनि साढे साती सुरु हुनेछ। २२ वर्षपछि यस राशिमा यस महादशा प्रारम्भ हुन लागेको हो। मीन राशि बृहस्पति ग्रहको स्वामित्व रहेको राशि हो। १७ अप्रिल २०३० सम्म यस राशिमा शनिको दशा रहनेछ। त्यसपछि शनि वृष राशिमा प्रवेश गर्नेछ।

मीन राशिमा शनिको साढे सातीको प्रभाव 

वैदिक ज्योतिषशास्त्रका अनुसार शनिको यस दशा तुला, मकर, कुम्भ, मीन र धनु राशिका मानिसका लागि त्यति पीडादायी हुँदैन, जति अन्य राशिका लागि हुन्छ। किनकी तुला राशि शनिको उच्च राशि हो। अर्कोतर्फ, शनि मकर र कुम्भ राशिका स्वामी हुन्। यसका साथै धनु र मीन राशिको स्वामी बृहस्पतिसँग शनिको सम्बन्ध सामान्य छ। अर्थात् यी दुई ग्रह एकअर्काका शत्रु वा घनिष्ठ मित्र पनि होइनन्। जसका कारण धनु र मीन राशिका मानिसहरुमा शनिको दशाले त्यस्तो नराम्रो प्रभाव पार्दैन।

शनिको साढे साती दशाको तीन चरणहरू हुन्छन्। जसमा पहिलो चरणलाई उदय चरण, दोस्रो चरणलाई शिखर चरण र तेस्रो चरणलाई अस्त चरण भनिन्छ। प्रत्येक चरणको अवधि साढे दुई वर्ष हुच्न्ह्ह। २९ अप्रिल २०२२ मा, मीन राशिका मानिसहरूमा यसको पहिलो चरण सुरु हुँदैछ जुन २९ मार्च २०२५ सम्म चल्नेछ। मीन राशिका व्यक्तिहरूले यस चरणमा मानसिक समस्याको सामना गर्नुपर्नेछ। यसका साथै आर्थिक हानिको सम्भावना पनि रहनेछ। लेनदेन धेरै सावधानीपूर्वक गर्नु पर्छ। कार्यस्थलमा कसैलाई पनि आँखा चिम्लेर विश्वास नगर्नुहोस्।

प्रकाशित : मङ्गलबार, चैत ०८, २०७८१५:११

कम्पुटर भन्दा पनि छिटो चल्छ यस राशिका युवतीको, बनाउँछन् निकै सफल करियर !