“नेयमार जडिया भए, मातेको अवस्थामा प्रशिक्षण सत्रमा आएर त्यसै फर्किन्छन्”

पेरिस सेन्ट-जर्मेन (पीएसजी) रियल म्याड्रिडको हातबाट च्याम्पियन्स लिगबाट बाहिरिएपछि र लिग १ मा मोनाकोसँग ३-० ले पराजित भएपछि ब्राजिलियन स्टार नेयमार आलोचनाको विन्दु बनेका खेलाडीहरू मध्ये एक रहेका छन्।

यस्तोमा ब्राजिलियन फरवार्डलाई पत्रकार ड्यानियल रियोलोले आफ्ना बाँकी टोलीका साथीहरूसँग प्रशिक्षण नगरेको र प्रशिक्षण क्षेत्रमा म-दिरा सेवन गरेर पुगेको आरोप लगाएका छन्। “नेयमारले अब ट्रेनिङ गर्न गाह्रो छ, उनी दुखी अवस्थामा आइपुग्छन्, लगभग मातेको अवस्थामा,” रियोलोले आरएमसी स्पोर्टलाई भने, “यस्तै हो, नेयमार पीएसजी विरुद्ध बदला लिने भावनामा छन्।”

नेयमारप्रति पीएसजीका फ्यानहरुको अडान

रियल म्याड्रिडसँगको हारपछि पीएसजीका फ्यानहरूले ३० वर्षीय स्टारलाई गाली समेत गरेका थिए र रियोलोले ब्राजिलियन स्टारले अब क्लब छाड्नु पर्छ भन्ने विश्वास व्यक्त गरे। “पीएसजीका फ्यानहरूले नेमारको एन्टिक्स वा उनको नेटफ्लिक्स डकुमेन्ट्रीको बारेमा केही मतलब गर्दैनन्,” उनले थपे, “हामीले उनलाई जान दिनु पर्छ। उनले क्लबलाई धेरै नोक्सान गरिरहेका छन्। उनलाई जान दिनुहोस्, उनले पीएसजीलाई बर्बाद गरिरहेका छन्।”

पीएसजी प्रतिक्रिया बिहिन

रियोलोले च्याम्पियन्स लिगबाट बाहिरिएपछि क्लबबाट पनि कुनै प्रतिक्रिया नआएको दाबी गरेका छन्। “पिएसजी अब क्लब रहेन,” उनले भने, “त्यहाँ कुनै साझा थ्रेड छैन। कोच अब अवस्थित छैन, अध्यक्षले एक शब्द पनि बोलेका छैनन्।”

प्रकाशित : मङ्गलबार, चैत ०८, २०७८१७:४२

नेयमारलाई आग्रह-“तिमीले पीएसजीलाई बर्बाद गरिसकेउ, अबत गरी खान देउ,”