कस्तो रहला आगामी तीन दिनको मौसम ? पानी पर्ने सम्भावना छ कि छैन ?

काठमाडौँ – मंगलबार राति पूर्वी भागमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का पानी पर्न सक्ने सम्भावना देखिएको छ। पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभावक कारण प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का पानी पर्न सक्ने देखिएको हो।

प्रदेश १ मा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेपनि देशका बाँकि पहाडी भू-भागमा आंशिक बदलीको सम्भावना रहनेछ भने अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

बुधबार दिउँसो भने प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

कस्तो रहला आगामी तीन दिनको मौसम ?

२०७८ चैत्र ८ गते (मंगलबार)

राती : प्रदेश १ मा आंशिक देखि सामान्य बदली रही देशका बाँकि पहाडी भू-भागमा आंशिक बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ को पहाडी भू-भागका एक वा दुई स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

२०७८ चैत्र ९ गते (बुधबार)

दिउँसो : प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

राती : देशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

२०७८ चैत्र १० गते (बिहिबार)

दिउँसो : देशका पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू-भागका केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

राती : देशको पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली र अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।

प्रकाशित : मङ्गलबार, चैत ०८, २०७८२१:३३

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव, हल्का वर्षाको सम्भावना !