पिएसजीमा वाक्क-दिक्क भए एम्बाप्पे, पोग्बालाई दिएको जवाफ सुनेर सबै चकित ! [भिडियो सहित]

एजेन्सी – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका सदस्यहरु बीच सोमबार भेटघाट भयो। शुक्रबार र मंगलबार हुन लागेका मैत्रीपूर्ण खेल अगाडी फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरु प्रशिक्षणमा फर्किएका हुन्।

आफ्ना-आफ्ना क्लबबाट इन्टरनेसनल ब्रेकका लागि राष्ट्रिय टोलीमा फर्किँदा किलियन एम्बाप्पे र पल पोग्बा बीच रोचक आदानप्रदान भयो। एकअर्कालाई अभिवादन गर्नेक्रममा दुई बीच जे कुराकानी भयो, त्यो अहिले चर्चामा छ।

अँगालो हालेर एक अर्कालाई अभिवादन गर्नेक्रम पोग्बा र एम्बाप्पे बीच खुसुक्क केहि कुराकानी भएको थियो। सो कुराकानी फ्रान्सेली फुटबल संघका क्यामेराहरुमा समेत कैद भयो।

त्यसक्रममा पोग्बाले एम्बाप्पेलाई ‘कस्तो चल्दैछ ?’ भनेर प्रश्न गरे। त्यसको जवाफमा एम्बाप्पेले केहि दिक्क भएको जवाफ फर्काए। फ्रेन्च भाषामा एम्बाप्पेले ‘म दिक्क भएको छु’ भन्ने जवाफ दिएका थिए।

सामाजिक संजालमा एम्बाप्पे र पोग्बा बीच भएको सो संवादले ठूलो चर्चा खडा गरिदिएको छ। धेरैले सो संवादलाई एम्बाप्पे पेरिस सेन्ट जर्मेन(पिएसजी)मा दिक्क भएको रुपमा लिएका छन्।

केहि साता अगाडी मात्रै पिएसजी रियल म्याड्रिडसँग हार बेहोर्दै च्याम्पियन्स लिगबाट बह्रिएको थियो। सो खेल पश्चात एम्बाप्पे पिएसजी छाड्ने मुडमा पुगेको चर्चा शुरु भएको छ।

एम्बाप्पेको दिक्क भएको जवाफले पिएसजीका समर्थकहरुलाई झनै चिन्तित बनाएको छ। सो भनाईसँगै धेरै समय देखि रियल म्याड्रिड जान चाहिरहेका उनी अब पिएसजीमा नरहने पक्का भएको धेरैको बुझाई छ।

प्रकाशित : बुधबार, चैत ०९, २०७८१२:१९

युनाइटेडले छिट्टै पाउन सक्छ नयाँ प्रशिक्षक, आयक्सका प्रशिक्षकसँग लिइयो अन्तर्वार्ता !