“माओबादी मननपरे गणतन्त्र फिर्ता गरौं, १२ बुँदे सहमती र सेना समायोजन भंग गरौँ”

काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनले सभामुखका एक्ला उम्मेदवार अग्नि सापकोटाको विरोद्धमा बुधबार भएको प्रदर्शन प्रति असन्तुष्टि व्यक्त गरेका छन्।

पुनले बुधबार सामाजिक संजाल मार्फत अग्नि सापकोटा विरुद्ध भैरहेका टिप्पणी तथा विरोध प्रदर्शन प्रति आपत्ति जनाएका हुन्। सामाजिक संजाल मार्फत उनले तत्कालिन माओबादीले ल्याएको गणतन्त्र मनपर्छ तर माओबादी मन पर्दैन भन्न नमिल्ने बताए।

“बंगुरको मासु सारै मनपर्छ तर बंगुर चाँही फोहरमा बस्छ त्यही भएर घिन लाग्छ भने जस्तो तत्कालिन माओबादीले ल्याएका गणतन्त्र,संघियता,समावेशी/समानुपातिक,धर्मनिरपेक्षता सहितको समानतामुलूक उपल्ब्धीहरु सबै मन पर्छन् तर माओबादी चाहिं मन पर्दैन?”,फेसबुकमा पुनले लेखेका छन्।

प्रतिसोध साँधेर माओबादी विरुद्ध पूर्वाग्रही तरिकाले टिप्पणी भएको प्रति उनको गम्भीर आपत्ति छ। समाजका विभेद र असमानता विरुद्ध कोहि नबोल्ने तर, तत्कालिन माओबादीलाई छिर्के हान्न समाजका केहि कुरेर बस्ने गरेको पनि उनले सामाजिक संजालमा उल्लेख गरेका छन्।

पुन लेख्छन्,”विभेद असममाता विरुद्ध कोही बोल्दैनन्, खाली उही माओबादीले यसो गर्यो उसो गर्यो भन्या छ, कहाँबाट छिर्के हान्न पाईन्छ भन्या छ बस्या छ।”

अग्नि सापकोटा को हुन् भन्ने बारे जनताले बुझिसकेको उनको तर्क छ। जनताले बुझेरनै सापकोटालाई तीन पटक लगातार जिताएर पठाएको उनले जिकिर गरेका छन्।

“अग्नि सापकोटा को हुन् भन्ने जनताले बुझेका छन्। तीन पटक लगातार जनताले आफ्नो मत दिएर संसदमा पठाइसके।”,पुन लेख्छन्। विगतका कुरा गर्ने हो भने माओबादीले पनि आफ्ना भाइ-दाइ, काका-काकी, फुपु-फुपाजु, दिदी-बहिनी गुमाएको उनले स्पष्ट पारेका छन्।

पूराना विषयहरु बिउताउँदै जाने हो भने माओबादीका कारण देशमा आएको व्यवस्था पनि खारेज गरिनुपर्ने उनको तर्क छ।

प्रकाशित : बुधबार, माघ ०८, २०७६१४:३७

मापसे गर्ने चालकलाई सिधै जेल !