युनाइटेडले छिट्टै पाउन सक्छ नयाँ प्रशिक्षक, आयक्सका प्रशिक्षकसँग लिइयो अन्तर्वार्ता !

एजेन्सी – प्रिमियर लिग क्लब नयाँ प्रशिक्षकको खोजिमा छ। हालका अन्तरिम प्रशिक्षक राल्फ रङ्गनिक यस सिजन सम्मका लागि मात्र प्रशिक्षकको भूमिकामा रहने भएका कारण युनाइटेडलाई नयाँ प्रशिक्षक चाहिएको हो।

भरपर्दो प्रशिक्षक नहुँदा क्लबले खासै राम्रो प्रदर्शन गर्न नसकेका कारण युनाइटेडले दिर्घकालिन प्रशिक्षकको खोजि गरिरहेको छ। सन् २०२१-२२ को सिजन सकिन केहि महिना मात्र बाँकि रहेको अवस्थामा युनाइटेड अहिले देखि नै नयाँ प्रशिक्षकको खोजिमा जुटेको छ।

हालसालै आएको एक खबरका अनुसार युनाइटेडका अधिकारीहरुले आयक्सका वर्तमान प्रशिक्षक एरिक टेन ह्यागलाई भेटेका छन्। युनाइटेडका बोर्ड सदस्यहरुले ह्यागको अन्तर्वार्ता लिएको विभिन्न संचार माध्यमहरु बताउँछन्।

ट्रान्सफर मार्केटका राम्रा जानकार रहेका पत्रकार फेब्रिजियो रोमानोले समेत युनाइटेडका अधिकारीहरु र ह्याग बीच भेटघाट भएको पुष्टि गरे। ह्याग र युनाइटेडका बोर्ड सदस्य बीच यहि साता भेट भएको उनको भनाई छ।

ह्यागलाई लिएर युनाइटेडका बोर्ड सदस्यहरु सकारात्मक रहेका छन्। तर त्यस सम्बन्धमा उनीहरुले केहि निर्णय भने गरिसकेका छैनन्। उनीहरुले अन्य प्रशिक्षकहरुसँग पनि कुराकानी गर्न चाहेको बताइएको छ।

युनाइटेडको नजरमा ह्याग सहित चार प्रशिक्षक रहेका छन्। उनको आलावा मौरिसियो पोचेटिनो, लुइस एनरिक र जुलेन लोपेटेगुई युनाइटेडको नजरमा रहेको स्काई स्पोर्ट्सको दावी। यी चार मध्येमा युनाइटेडको जिम्मेवारी ह्याग र पोचेटिनो मध्ये एकले पाउन सक्छन्।

प्रकाशित : बुधबार, चैत ०९, २०७८१३:०४

रोनाल्डोको योजना -“सके विश्वकप खेल्ने, नसके सन्यास लिने ?”