जाभीका निर्णय जसले बार्सिलोनालाई परिवर्तन गर्यो, युरोप कै बेस्ट मध्ये एक बनायो !

बार्सिलोना इज ब्याक। वा कम्तिमा आइतबारको क्लासिकोमा रियल म्याड्रिडमा ४-० ले पराजित भएपछि यस्तो महसुस भएको छ।

यो स्पष्ट देख्न सकिन्छ कि जाभी हर्नान्डेजले क्लबको नतृत्व सम्हालेपछि टोलीमा धेरै सुधार आएको छ, र पूर्व क्लब मिडफिल्डरले केही यस्ता निर्णयहरू लिएका छन् जुन बार्सिलोनाको परिवर्तनको लागि महत्वपूर्ण थियो।

महत्वपूर्ण निर्णय

बार्सिलोना आउनुभन्दा पहिले जाभी कतारमा आफ्नो प्रशिक्षण जीवनको आनन्द उठाइरहेका थिए। उनको मन बार्सिलोनामा थियो तर दिमागले भने पक्कै पनि सावधानी अपनाउन आग्रह गरेको हुनुपर्छ। बार्सिलोनाको टोली खराब अवस्थामा थियो र धेरै काम गर्न आवश्यक थियो। उनले साहसीपूर्वक यो चुनौती स्वीकार गरे।

बार्सिलोनामा खुसी

यो निकै आवश्यक थियो। टोलीमा उत्प्रेरणाको कमी थियो र उदास थियो, तर जाभीले उनीहरूलाई प्रशिक्षण सत्रहरूमा रमाउने वातावरण दिए र खेलाडीहरुको खुसीलाई ध्यानमा राखे।

जोर्डी क्रुइफसँगको काम

क्रुइफसँग जाभीको मित्रताले ठूलो भूमिका खेलेको छ, र उनीहरूले हस्ताक्षर गर्न सही खेलाडीहरू फेला पारेका छन्। यो दिग्गज ड्यानी आल्भेसको क्लब फिर्तीबाट सुरु भयो। त्यसपछि पियरे-एमरिक औबामेयाङ, फेरान टोरेस र अदामा ट्राओरे आए।

व्यक्तित्व

रोनाल्ड कोम्यान धेरै दोषी थिए, उनी धेरै क्लब म्यान थिए र उनीसँग साहसी व्यक्तित्व थिएन। तर जाभी भने क्लब अध्यक्षसँग निकै साहसी र स्पष्ट थिए। जसको कारण पनि जोआन लापोर्टा जाभीको निर्णयसँग समहत हुँदै गए।

डेम्बेले गाथा

फ्रान्सेली लामो समयदेखि क्लबका लागि समस्या थिए र उनले गत विन्टर ट्रान्सफर विन्डोमा क्लब छोड्ने सम्भावना निकै उच्च रहेको थियो। बार्सिलोना बोर्डले उनलाई बेच्न असफल भएपछि फ्रेन्च स्टारलाई टोलीमा समावेश नगर्ने निर्णय गरेको थियो तर जाभीले त्यसो हुन दिएनन्। हाल उनले क्लबमा खेलेको केही उत्कृष्ट फुटबल खेलिरहेको छ र नयाँ सम्झौतामा नवीकरण गर्न पनि सक्छन्।

पोजिसनिंग

जाभीले आफ्नो आगमनसँग बार्सिलोना खेलाडीहरूले क्लबको खेल शैलीको बारेमा साधारण चीजहरूको आधारभूत बुझाइ नभएको पाए। उनले त्यो समस्यामा काम गरे र अहिले त्यो समस्या क्लबमा छैन।

सामूहिक प्रेसिंग

प्रेसिंग कोम्यानको कार्यकालमा गायब भएको थियो, तर जाभीले यसलाई फिर्ता ल्याए। हाल क्लबको हरेक खेलाडीले आफ्नो टोलीले बल गुमाएपछि विपक्षी खेलाडीबाट बल खोस्न दबाब दिनैपर्छ।

प्रकाशित : बुधबार, चैत ०९, २०७८१६:४७

५ युनाइटेड खेलाडी जो टेन ह्यागको अन्डर आगो हुनेछन्, दुनिया हल्लाउने पक्का छ !