युरोकै सबै भन्दा बढी तलब बुझ्छन् यी चार खेलाडी ! कसको कति ?

एजेन्सी – युरोपमा खेल्ने फुटबल खेलाडीहरुले अत्याधिक पारिश्रमिक पाउने गरेका छन्। युरोपका शिर्ष लिगहरुमा खेल्ने फुटबल खेलाडी विश्वकै सर्वाधिक कमाउने खेलाडीहरुमा पनि पर्छन्। हुन त कमाउने मामलामा युरोपका लिगहरु नै अगाडी छन्। यस हिसाबले पनि त्यहाँ खेल्ने फुटबलरहरुले राम्रो पारिश्रमिक पाउँछन्।

यसैबीच फ्रान्सेली प्रकाशन ले इक्विपले प्रिमियर लिग, फ्रेन्च लिग वान र लालिगाका सबै भन्दा बढी पारिश्रमिक पाउने खेलाडीहरुको सूची सार्वजनिक गरेको छ। हालसालै केहि अध्ययन पश्चात प्राप्त जानकारीका आधारमा सो पत्रिकाले युरोपका तीन लिगहरुमा सबै भन्दा बढी पारिश्रमिक पाउने खेलाडीहरुको सूची सार्वजनिक गरेको हो।

युरोपका सबै भन्दा बढी पारिश्रमिक लिने खेलाडीहरु पनि यी तीन लिगबाटै रहेका छन्। युरोपमा सबै भन्दा बढी पारिश्रमिक लिने खेलाडीको सूचीको शिर्ष स्थानमा पेरिस सेन्ट जर्मेन(पिएसजी)का नेयमार रहेका छन्। प्राप्त जानकारी अनुसार नेयमारले मासिक ४ महिना भन्दा बढी पारिश्रमिक बुझ्ने गरेका छन्।

त्यस्तै पिएसजीकै लियोनेल मेस्सी युरोपकै सर्वाधिक पारिश्रमिक बुझ्ने दोस्रो फुटबलरको रुपमा रहेका छन् मेस्सीले मासिक ३ दश्मलभ ४ मिलियन युरो पारिश्रमिक बुझ्दै आएका छन्।

तेस्रो स्थानमा रहेका म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डोले मासिक २ दशमलभ ६ मिलियन युरो पारिश्रमिक पाउँछन्। अहिले खासै खेल्ने मौका पाउन नसकिरहेका ग्यारेथ बेल पनि सबै भन्दा बढी पारिश्रमिक पाउने खेलाडीमा पर्छन्। बेलले मासिक २ दशमलभ ३ मिलियन युरो पारिश्रमिक बुझ्छन्।

प्रकाशित : बुधबार, चैत ०९, २०७८२१:३१

युनाइटेडको नयाँ प्रशिक्षकको रुपमा यिनलाई देख्न चाहन्छन् रोनाल्डो ! को हुन् उनी ?