सलाह माथि युभेन्टसको नजर, सलाहले प्रस्ताव अस्विकार गरेनन् !

एजेन्सी – लिभरपुलका फरवार्ड मोहम्मद सलाह यति बेला करियरकै कठिन मोडमा छन्। लिभरपुलमा सम्झौता थप गर्ने कि अन्यत्र जाने भन्ने दुई प्रश्नले सलाहलाई पिरोल्न सम्म पिरोलेको छ।

लिभरपुल र सलाह बीचको सम्झौता सन् २०२३ को जुनमा सकिँदैछ। सम्झौता थपका लागि लिभरपुलको तर्फबाट भएका कुनै पनि प्रस्तावमा सलाह सहमत हुन नसकिरहेको अवस्था छ। अहिले विश्वकै उत्कृष्ट खेलाडीको रुपमा रहेका सलाहले प्रिमियर लिगकै उच्च पारिश्रमिक डिमाण्ड गरिरहेका छन्।

सलाहले उच्च पारिश्रमिक डिमाण्ड गरेपछि दुई पक्ष बीच पछिल्लो महिनाहरुमा कुनै पनि संवाद भएका छैनन्। हुन त सलाहले लिभरपुलमै बस्ने कुरालाई प्राथमिकता दिरहेका छन्। तैपनि लिभरपुलको तर्फबाट राम्रो प्रस्ताव नआउँदा उनी अन्य क्लबहरुसँग कुराकानी गर्न बाध्य भएको बेलायती मिडियाहरु बताउँछन्।

यसैबीच पत्रकार लुका मोम्ब्लानोका अनुसार इटालियन क्लब युभेन्टसले सलाहलाई भित्र्याउन चाहेको छ। युभेन्टसले सलाह भित्र्याउन आधिकारिक रुपमा प्रस्ताव गर्ने तयारी गरिरहेको मोम्ब्लानोको दावी छ। युभेन्टसको प्रस्तावलाई सलाहले अस्विकार नगरेको मोम्ब्लानोले बताए। युभेन्टसका पाउलो डिबालाले यहि समरमा क्लब छाड्दै छन्। युभेन्टसले उनको स्थानमा सलाहलाई भित्र्याउन चाहेको छ।

उत्कृष्ट लयमा सलाह

लिभरपुल गएदेखि निरन्तर राम्रो प्रदर्शन गरिरहेका सलाह जारी सिजनमा झनै राम्रो लयमा देखिएका छन्। जारी सिजनमा सलाहले लिभरपुलक लागि ३६ खेल खेल्दा २८ गोल गर्दै १० असिस्ट दिएका छन्।

प्रकाशित : शनिबार, चैत १२, २०७८१९:१४

विश्वकपपछि सन्यास लिने मेस्सीको संकेत ! के भने ?