काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। साताको पहिलो दिन देखि नै घटबढ हुँदै आएको सुनको मूल्य कारोबार हुने अन्तिम दिन आज शुक्रबार बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य १ लाख ९ सय रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ६ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला १ लाख ४ सय रुपैंयाँमा कारोबार भइरहेको छ।
साताभर सुनको मूल्य
छापावाला सुन यस साता ९९ हजार २ सय देखि १ लाख ९ सय सम्ममा कारोबार हुँदै तेजाबी सुन ९८ हजार ७ सय देखि १ लाख ४ सय रुपैंयाँ सम्ममा कारोबार भयो।
चाँदी मूल्य
आज सुन मात्र नभई चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा रु २५ ले बढेको हो। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ४ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

