सलाह र लेवान्डोस्की दुवै माथि बार्सिलोनाको नजर !

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाको जनवरी ट्रान्सफर विन्डोका लागि ठूला-ठूला योजना छन्। बार्सिलोनाले जनवरी ट्रान्सफर विन्डोमा राम्रा भन्दा राम्रा खेलाडी भित्र्याउने योजना बनाएको छ।

स्पेनिस मिडियाहरुका अनुसार बार्सिलोनामा नयाँ फरवार्ड आउन सक्छन्। जनवरी ट्रान्सफर विन्डोमा बार्सिलोनाले नयाँ फरवार्ड भित्र्याउन लागेको र त्यसको लागि अहिले देखि नै तयारी गरिरहेको स्पेनिस मिडियाहरु बताउँछन्।

बार्सिलोनाको मूख्य प्राथमिकतामा बोरुसिया डर्टमन्डका फरवार्ड एर्लिङ हालाण्ड रहेका छन्। तर हालाण्डमा युरोप अन्य ठूला क्लबको समेत नजर रहेका कारण बार्सिलोनाको योजना भित्र्याउन असफल हुन सक्छ।

हालाण्ड भित्र्याउन नसकिएको खण्डमा उनको सट्टा मोहम्मद सलाह वा रोबर्ट लेवान्डोस्की मध्ये एकलाई भित्र्याउने प्रयास बार्सिलोनाले गर्नेछ। सलाह र लेवान्डोस्की दुवै खेलाडीमा बार्सिलोनाको चासो रहेको स्पेनिस मिडियाहरु बताउँछन्।

लेवान्डोस्की र सलाह दुवैको सम्झौता सन् २०२३ मा सकिँदैछ। लिभरपुल र सलाह बीच सम्झौता थप गर्ने विषयमा छलफल भएपनि निष्कर्ष निस्किन सकेको छैन। सलाहले उच्च पारिश्रमिक माग गरेपछि लिभरपुलले सम्झौता थपको कुराकानीलाई ठप्प बनाएको अवस्था छ।

त्यस्तै सन् २०२३ मा नै सम्झौता सकिँदै गरेका लेवान्डोस्की र बायर्न म्युनिख बीच पनि सम्झौता थप बारे अहिले सम्म कुनै सहमति भएको छैन। बायर्नले अहिले सम्म लेवान्डोस्कीलाई सम्झौता थपको प्रस्ताव नै नगरेको बताइन्छ।

प्रकाशित : शनिबार, चैत १२, २०७८१८:४५

सलाह माथि युभेन्टसको नजर, सलाहले प्रस्ताव अस्विकार गरेनन् !