यी चर्चित बलिउड स्टारले टेरेनन् निर्देशकलाई, यी अभिनेत्रीले त गरेकी थिइन् अजयसँग किस गर्न ठाडै अस्वीकार

काठमाडौँ : चलचित्रमा निर्देशकको अहम भूमिका हुन्छ किनकी उनीहरु एक फिल्मलाई आफ्नो हिसाबले दर्शक माझ पेश गर्न चाहन्छन्। वास्तवमा भन्ने हो भन्ने निर्देशक पर्दा पछाडीको हिरो हुन्। निर्देशकहरु आफ्नो चलचित्रमा कार्यरत कलाकारहरु आफ्नो आदेश अनुसार चलुन् भन्ने चाहन्छन्। यथार्थमा यसैबाट कलाकार र निर्देशकलाई दुवैको भलो हुन्छ। तर जब कुनै कलाकारले निर्देशकको कुरा मान्न आलटाल गर्छ या इन्कार गर्छ, यस्तो अवस्थामा निर्देशकलाई उक्त कलाकारसँग काम गर्न धेरै गाह्रो हुन्छ। यस्तै आज हामी चर्चा गर्ने छौं भारतीय सिनेमा जगत बलिउडका ३ चर्चित कलाकारहरुका बारेमा जसले निर्देशकको कुरा ठाडै अस्वीकार गरेका थिए…

१. ऋतिक रोशन(Hrithik Roshan) :

सर्वप्रथम हामी चर्चा गर्ने छौं भारतीय चलचित्र क्षेत्रका बहुप्रसिद्ध अभिनेता ऋतिक रोशनको बारेमा। यो कुरा फिल्म मोहेन्जो-दारो(Mohenjo Daro) को छायांकनको क्रमको हो। निर्देशक आशुतोष गोवारीकर निर्देशित फिल्म ‘मोहेन्जो-दारो’ मा स्क्रिप्ट अनुसार ऋतिक निकै अग्लो उचाईबाट हाम फाल्नु पर्ने थियो। तर ऋतिकले उक्त स्टन्ट गर्न ठाडै अस्वीकार गरे। त्यस बेला ऋतिकले केही समय अघि मात्र न्युरो-सर्जरी(Neurosurgery) गरेका थिए। सोही कारण आफू उक्त काम गर्न असमर्थ भएको स्पष्टिकरण दिएका थिए।

२. करीना कपूर (Kareena Kapoor) :

यस्तै यस सूचीमा परेकी छिन् भारतीय सिनेमा जगतकी बहुप्रसिद्ध अभिनेत्री करीना कपूर । चर्चित निर्देशक तथा चलचित्र निर्माता प्रकाश झाको फिल्म ‘सत्याग्रह’ को एक गीतमा रसके भरे तोरे नैन(Ras Ke Bhare Tore Nain) मा करीनाले अभिनेता अजय देवगनलाई किस गर्न सिधैं अस्वीकार गरेकी थिईन। सन् २०१३ मा रिलिज भएको फिल्म ‘सत्याग्रह’ को गीतमा इन्टिमेट सिन पनि दिनु पर्ने थियो। तर करीनाले निर्देशकको कुरै नसुनी ठाडै अस्वीकार गरिन्।

३. ऐश्वर्या राय बच्चन (Aishwarya Rai Bachchan) :

अन्त्यमा हामी चर्चा गर्ने छौं अभिनेत्री ऐश्वर्या राय बच्चनको बारेमा। ऐश्वर्या राय आफ्नो भूमिकालाई हल्का-फुल्का नलिई सधैँ समर्पित रहने र भूमिकामै डुब्ने अभिनेत्रीको रुप लिईन्छ। तर सन् २००८ मा रिलिज भएको फिल्म ‘जोधा अकबर’ मा त्यस्तो भएन्। यस फिल्मको एक सिनमा ऋतिक रोशन र ऐश्वर्या रायले राजा-महाराजाहरुका लागि बनाईएको पकवान साँच्चै नै खानु पर्ने थियो। ती सबै व्यञ्जन देशी घ्युबाट बनेको थियो। तर ऐश्वर्याले आफ्नो स्वास्थ्यको ख्याल गर्दै ती व्यञ्जन खान ठाडै अस्वीकार गरिन्। यस फिल्ममा ऋतिक रोशनले जलालुद्दीन मोहम्मद अकबरको चरित्र निभाएका थिए भने ऐश्वर्या रायले जोधा बाईको चरित्र निभाएकी थिईन्। एजेन्सीको सहयोगमा

प्रकाशित : बिहिबार, माघ ०९, २०७६१४:०४

धेरैनै सुन्दर र बोल्ड छिन् अनुराग कश्यपकी बोल्ड छोरी, बन्न चाहन्छिन् निर्देशक (तस्बिर सहित)