देउवा र शेखरलाई छुट्टा-छुट्टै डर !

काठमाडौ । नेपाली कांग्रेसको चालु केन्द्रीय समितिको बैठकमा अहिलेको सत्ता गठवन्धनलाई स्थानीय निर्वाचनमा कायम राख्ने कि नराख्ने भन्ने बहस भइरहेको छ । यस विषयमा काँग्रेसका संस्थापन पक्ष र इतर पक्ष पक्ष विपक्षमा विभाजित भएका छन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

पाँच दलीय गठबन्धन कायमै गरेर जानु पर्ने अडान खासगरी नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) राख्दै आएका छन् । तर, पार्टी भित्रबाटै गठबन्धन नगर्न देउावामाथि दबाब बढीरहेको छ । यही क्रममा देउवाले ‘ नेकपा एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा मिलिदिए के गर्ने ?’ भनेर प्रश्न गरेका छन् ।

बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको १४औँ बार्षिक साधारण सभालाई शनिवार सम्बोधन गर्दै उनले सभापतिको जिम्मेवारी सबै नेतालाई जिताउनु पर्ने भएकाले सो जिम्मेवारी बहन गर्न गठबन्धन गर्न खोजेको बताए ।

‘पार्टी सभापतिको हैसियत त पार्टीले जितोस, नेताहरू सबैले जितुन भन्ने नै रहन्छ, त्यसका लागि जे पनि लागि पर्ने हुन जान्छ,’ देउवाले भने, ‘निर्वाचनमा एमाले र माओवादी फेरि मिलेर चुनावमा गए भने के हुन्छ ? फेरि पार्टीलाई हराउने ?’

विगतमा कांग्रेस पार्टीले पराजय भोग्नु परेको उल्लेख गर्दै देउवाले पार्टी र पार्टीका नेतालाई जिताउनका लागि आफूले गठबन्धन गर्न खोजेको तर्क गरेका छन् । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन सकेको खण्डमा कांग्रेस सबैभन्दा बलियो पार्टी बन्ने र गठवन्धनको आवश्यता नपर्ने बताएका छन् ।

१४औं महाधिवेशनमा सभापतिका प्रत्यासी कोइरालाले गठबन्धन मात्रै भनेर अघि बढिरहे भारतको कांग्रेस (आई)को हालत हुन सक्नेतर्फ सचेत हुन जोड दिए । ‘‘एमाले र माओवादी विगतमा जस्तै फेरि पनि मिल्न सक्छन् तर गठबन्धन मात्रै गर्दा गर्दा कांग्रेस आइको हालत नहोला भन्न सकिन्न,’ कोइरालाले भने, ‘गत १० वर्षको कांग्रेस आइ गठबन्धन गर्दागर्दै अहिले चारैतिर कमजोर भएको छ । यसलाई बुझ्नु पर्छ ।’ कोइरालाले गठबन्धनतर्फ जाने भन्दा पनि पार्टीको आन्तरिक मजबुतीलाई बलियो बनाउन जोड गरे ।

प्रकाशित : आइतबार, चैत १३, २०७८०८:४७

अवसरको खोजिमा कलाकार, बदल्दै दल !