प्रेम, सौन्दर्य, रोमान्स, भौतिक सुखको ग्रहले ३१ मार्च २०२२ मा राशि परिवर्तन गर्दैछ। शुक्र ग्रह मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछ र अप्रिल २७ सम्म यस राशिमा रहनेछ। यो समय कतिपय राशिको जीवनमा प्रकाश ल्याउने छ भने कतिपयलाई प्रेम जीवन, खुशीमा समस्याको सामना गर्नु पर्नेछ। जान्नुहोस् शुक्र ग्रहको गोचरले सबै १२ राशिमा कस्तो प्रभाव पार्छ।
मेष राशि

शुक्रको गोचरले आम्दानी बढ्नेछ। करियरमा सफलता मिल्नेछ। सम्पत्ति किन्न सकिनेछ। कसैको भेटले जीवनमा रंग भर्न सक्छ।
वृष राशि

शुक्रको राशि परिवर्तनले वृष राशिका लागि शुभ फल दिनेछ। वैदेशिक रोजगारी वा जागिरको सपना पूरा हुनसक्छ। कार्यस्थलमा मान सम्मान बढ्नेछ। करियरमा प्रगति हुनेछ।
मिथुन राशि

मार्च ३१ पछिको समय मिथुन राशिका व्यक्तिहरूले अलिकति सावधानी अपनाउन पर्नेछ। राम्रोसँग बुझेर मात्र कुनै निर्णय वा लेनदेन गर्नु राम्रो हुनेछ। स्वास्थ्यको ख्याल गर्नु होला।
कर्कट राशि

कर्कट राशिका लागि यो समय राम्रो रहनेछ। प्रेम जीवन – दाम्पत्य जीवन सुखमय रहनेछ। सम्पत्ति किन्न सकिनेछ। काममा सफलता मिल्नेछ।
सिंह राशि

सिंह राशिका लागि यो समय उतारचढावपूर्ण रहनेछ। वैदेशिक यात्रा हुन सक्छ। यदि तपाईं अरूको कुरामा आउनुभयो भने, तपाईंले आफ्नो जीवन साथीसँग रोमान्टिक पलहरू बिताउने मौका गुमाउन सक्नुहुन्छ।
कन्या राशि

कन्या राशिका लागि यो समय सुखमय रहनेछ। सन्तान हुने आशामा रहेका दम्पतीले शुभ समाचार पाउन सक्नेछन्। प्रेम विवाह गर्न चाहनेहरूलाई यो समयले सफलता दिलाउन सक्छ।
तुला राशि

शुक्रको गोचरले तुला राशिका व्यक्तिहरूलाई सम्पत्ति खरिद गर्ने योग बनाउन सक्छ। केही शुभ समाचार प्राप्त हुनेछ। व्यवसायीले ठूला अर्डर पाउन सक्छन्।
वृश्चिक राशि

वृश्चिक राशिका व्यक्तिहरू लामो यात्रामा जान सक्नेछन्, जसले गर्दा राम्रो लाभ पनि मिल्नेछ। यदि तपाईं कुनै नयाँ काम गर्ने योजनामा हुनुहुन्छ भने, यो समय कसैसँग साझेदारी नगर्नुहोस्।
धनु राशि

शुक्रको गोचरले यस समयमा धनु राशि हुनेहरूलाई फाइदा हुनेछ। आकस्मिक धन प्राप्तिको सम्भावना रहेको छ। करियरमा प्रगति हुनेछ।
मकर राशि

शुक्रको गोचरले मकर राशिका मानिसहरूलाई लाभ मिल्नेछ। ठूला योजना बनाउन सकिनेछ। काममा सफलता मिल्ने समय छ। जीवनमा रोमान्स बढ्नेछ। सम्बन्ध राम्रो हुनेछ।
कुम्भ राशि

शुक्रको राशि परिवर्तनले कुम्भ राशिका व्यक्तिहरूलाई समस्या दिन सक्छ। खर्च बढ्नेछ। आफ्नो योजना कसैसँग साझा नगर्नुहोस्।
मीन राशि

मीन राशिका लागि शुक्रको गोचर शुभ रहनेछ। धन लाभ मिल्नेछ। कार्यक्षेत्रमा विशेष सफलता प्राप्त हुनसक्छ। सामाजिक क्षेत्रमा मान-सम्मान प्राप्त हुनेछ। प्रेम जीवन सुखमय रहनेछ।

