कमल थापाले ज्ञानेन्द्र माथि थोपरे सबै दोष, अब राजसंस्था पुनःस्थापना नहुने दावी !

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल)का अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था पुनःस्थापना हुने कुनै पनि सम्भावना नरहेको बताएका छन्। सोमबार वीरगञ्जमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा थापाले अब देशमा राजसंस्था पुनःस्थापना नहुने बताएका हुन्।

राप्रपा नेपालले सोमबार वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नेक्रममा थापाले पूर्वराजाकै कारण राजसंस्था पुनःस्थापनाको सम्भावना समाप्त भएको दावी गरे।

उनले पछिलो १५ वर्षको राजानीतिक परिवर्तन र पूर्वराजाको दलप्रतिको आक्रमण सोचले राजसंस्था पुनःस्थापनको सम्भावनालाई समाप्त पारेको बताए।

राजसंस्थाको पुनःस्थापना नेपालकै राजनीतिक दल र आमजनताले गर्ने भए पनि पूर्वराजाले आफ्नो भावना सार्वजनिक गर्दा दलप्रति वितृष्णा फैलाउने काम मात्र गरेकाले राजसंस्था पुनःस्थापनाको सम्भावना समाप्त भएको अध्यक्ष थापाले प्रष्ट पारे।

उनले राजसंस्था पुनःस्थापनाको वकालत गर्ने एक मात्र पार्टी राप्रपामा पूर्वराजा र उनको सचिवालयले गरेको चलखलेका कारण आफू नयाँ बाटोतर्फ लागेको प्रष्ट पारे। अध्यक्ष थापाले आउने स्थानीय तहको निर्वाचनबाट धेरै अपेच्छा नराखे पनि देशकै सम्पूर्ण स्थानीय तहमा राप्रपा नेपालका उम्मेदवार चुनाव लड्ने जानकारी दिए।

प्रकाशित : सोमबार, चैत १४, २०७८१५:५०

गगन र विश्वप्रकाश छुट्टिए, फरक-फरक कित्तामा उभिए !