सन्यास लिने मुडमा मेस्सी ?

एजेन्सी – अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले यसै वर्षको फिफा विश्वकप २०२२ पछि अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने संकेत दिएका छन् ।

यस्तोमा अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कोलानीले मेस्सीको मजा लिनुपर्ने बताएका छन् । किनभने उनले अन्तत सन्यास लिनेछन् । ३४ वर्षीय कप्तान मेस्सीले भेनेजुएलासँगको ३–० को जितपछि आफ्नो अन्तर्राष्ट्रिय करिअरमा पुनः सोच्ने बताएका थिए । मेस्सीले कतारमा हुने विश्वकपपछि धेरै कुरामा पुनर्विचार गर्नुपर्ने र राष्ट्रिय टोली छोड्ने निर्णय गर्न सक्ने बताएका छन् ।

मेस्सीको टिप्पणीको बारेमा प्रशिक्षक स्कोलानीले मेस्सीले सन्यास लिने निर्णयय गर्ने दिन आउने बताएका छन् । ‘खेलपछि सबैले मुल्यांकन गर्छन् । सबै प्रशिक्षक सबै खेलाडीको दिमागमा हुनेछैन । मेस्सीको दिमागमा के घुमिरहेको छ । मलाई थाहा छैन ।’ प्रशिक्षक स्कोलानीले भने, ‘अब कुनैपनि अवस्थामा तपाईले मेस्सीको आनन्द लिनुपर्छ । तपाईले भविष्यको बारेमा सोच्नुपर्दैन । उनको सानदार वर्तमानको आनन्द लिनुहोस् । यो जीवनको नियम हो र यो कुर्नपनि समयमा हुनेछ । विश्वकपपछि के हुन्छ भनेर सोच्नु पनि बेकार हो ।’

यसअघि मेस्सीले २०१६ मै सन्यासको घोषणा गरेका थिए । तर, उनले सन्यास फिर्ता लिदै राष्ट्रिय टोलीमा फर्किएका थिए । उनको कप्तानीमा अर्जेन्टिनाले यो वर्ष कोपा अमेरिका कपको उपाधि जितेको थियो । त्यो मेस्सीको पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । यस्तै प्ले मेकर एन्जल डि मारियाले कतार विश्वकपपछि नै सन्यास लिने बताइकसकेका छन् ।

प्रकाशित : मङ्गलबार, चैत १५, २०७८११:४५

रुनी भन्छन्-“रोनाल्डोको मलाई बाल छैन, सारै चिढाउने गरेका थिए”