नवरात्रिमा देखिने यस्ता सपना हुन्छन् निकै शुभ, माता दुर्गाको आशिषको संकेत !

हिन्दु धर्ममा नवरात्रि पर्वलाई निकै महत्वपूर्ण मानिन्छ । माता दुर्गाको पूजा गर्ने यो उत्तम समय हो। नवरात्र वर्षमा ४ पटक आउने गर्दछ । त्यस मध्य  २ प्रतिक्षा र २ गुप्त नवरात्र हुन्छन्। वर्षको पहिलो नवरात्रि चैत्र महिनामा पर्छ । यस वर्ष चैत्र नवरात्रि २ अप्रिल २०२२, शनिबारबाट सुरु हुँदैछ।

निकै शुभ मानिन्छ यस्ता संकेत 

नवरात्रको पहिलो दिन घटस्थापना सहित ९ दिनसम्म पूजा, मन्त्र जप आदि गरिन्छ । माता दुर्गा खुसी भएमा जीवन खुसीले भरिने मान्यता रहेको छ । माता दुर्गाको कृपाबाट पाइने शुभ संकेत  तरिकाबाट पाउन सकिन्छ । आज हामी नवरात्रिको समयमा वा पछि पाइने यस्ता लक्षण बारे जान्दछौँ, जसबाट जीवनमा माताको आशीर्वाद मिल्ने छ। यस्ता संकेत मिल्नु भनेको माता दुर्गाको पुजाको शुभ फल प्राप्त हुने संकेत हो ।

–  यदि नवरात्रिको समयमा वा पछि सपनामा लाटो कसेरो देखियो भने, यो तपाईको घरमा लक्ष्मीको आगमन हुने संकेत हो। ताकी तपाईले धेरै पैसा पाउनुहुनेछ जसले तपाईको जीवनमा सुधार ल्याउनेछ।

– त्यसैगरी, नवरात्रिको समयमा वा पछि नरिवल, हंस वा कमलको फूल बिहानको समयमा देखिनु भएमा माता दुर्गाको आशीर्वादको संकेत हो। यो संकेत भाग्यशाली साबित हुन सक्छ।  नवरात्रिको कुनै दिन घरबाट बाहिर निस्कने बित्तिकै गाई देखेमा धेरै शुभ मानिन्छ । खासगरी मन्दिरबाट निस्किएपछि गाई देखिएमा माता दुर्गाले  तपाईको मनोकामना छिट्टै पूरा गरिदिने संकेत गर्दछ  ।

–  यसबाहेक सपनामा पूर्णिमाको समयको चन्द्र, गंगा नदी, सूर्य, शिवलिङ्ग, कन्या, मयूर, बत्ती, दरबार, फूलको माला, रुद्राक्ष आदि देख्नु पनि शुभ मानिन्छ। यो मनोकामन पूरा गर्ने संकेत हो। यसका साथै सुन चाँदीको भाँडामा खाना खाएको देख्नु पनि धेरै शुभ मानिन्छ ।

प्रकाशित : मङ्गलबार, चैत १५, २०७८१७:१९

भोलिबाट यी राशिको चम्किनेछ भाग्य, शुक्रले गर्दैछ आफ्नो राशि परिवर्तन !