फुटबलको नयाँ युग: को हो नयाँ राजा ?

बा सायद समय आएको छ कि फुटबल जगतका राजा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो हैनन्। यी दुई स्टारलेव गत दशक फुटबल क्षेत्रमा एकक्षत्र राज गर्दै आएका थिए। तर अब त्यो कमान केही उत्कृष्ट युवा खेलाडीहरुले सम्हाल्न सुरु भएको जस्तो देखिन सुरु भएको छ।

थोरै मानिसले मात्र रोनाल्डो र मेस्सी जस्ता उत्कृष्ट प्रतिभाहरू एकै समयमा उदाउँने परिकल्पना गरेको हुनुपर्छ र यी दुई महान खेलाडीले आफ्नो प्रतिभाको सदुपयोग गर्दै यस्तो उत्कृष्ट करियर स्थापना गरेका छन् कि उनीहरुको गाथा सयौं वर्षसम्म पनि रहिरहनेछ। यो संसारमा केही कुरा पनि अजम्बरी छैन। यस्तोमा, रोनाल्डो र मेस्सीको खेलमा अन्तत: अब उमेरको असर देखिन सुरु भएको छ। गत समरमा दुबै खेलाडीले आ-आफ्नो क्लब परिवर्तन गरे, जहाँ मेस्सी र रोनाल्डो दुबैको खेलमा प्रत्यक्ष रूपमा गिरावट देखिएको छ।

क्रिस्टियानो रोनाल्डो क्लबलाई इङ्लिस फुटबलको शीर्षमा फर्काउने उद्देश्यले म्यानचेस्टर युनाइटेड फर्केका थिए, तर उनले क्लब असहज वातावरण फेला पारे, जुन क्लब उनले २००९ मा रियल म्याड्रिड प्रस्थान गर्दा जस्तो थिएन। यसैबीच, रेड डेभिल्सका लागि पूर्व रियल म्याड्रिडको प्रदर्शन आशा गरिएको अनुसार कतै पनि रहेको छैन। यस सिजन एक दशक भन्दा बढी समयपछि रोनाल्डो ट्रफी बिहिन भएका छन् भने अर्को सिजनका लागि च्याम्पियन्स लिगमा स्थान बनाउन पनि रोनाल्डोको टोली संघर्ष गरिरहेको छ।

त्यस्तै, मेस्सी पनि बार्सिलोनामा बस्न सकेनन् र पूर्व टिममेट नेयमारसँग पुनर्मिलन हुँदै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग अनुबन्ध भए। तर मेस्सीको लागि पनि यो चाल सफल रहेन। ३४ वर्षीय अर्जेन्टिनी कप्तान हाल आफ्नो करियर कै सबैभन्दा खराब सिजन मध्ये एक बिताईरहेका छन्।

यो गर्मीले सबै कुरा परिवर्तन गर्न सक्छ

हामी मध्ये धेरैले मेस्सी/रोनाल्डोको उत्तराधिकारी को होलान् भन्ने सोचेका थियौं, पहिले उक्त खेलाडीको रूपमा नेयमारलाई हेरिएको थियो। अब मेस्सी र रोनाल्डोको करियरमा धेरै समय रहेको छैन भने नेयमारको करियरको शिखर पनि सकिएको छ। आउँदो समयका लागि चाखलाग्दो कुरा के छ भने फुटबलको यो नयाँ युग एक खेलाडीले मात्र परिभाषित गर्दैन… तर धेरै जसो खेलाडी आउँदो समयमा उत्कृष्ट हुने झलक देखिएको छ, र यो गर्मीमा नयाँ राजाहरूको ताज हुन सक्छ।

यस गर्मीमा किलियन एम्बाप्पे र एर्लिंग हालाण्डको हस्ताक्षर प्राप्त गर्न ट्रान्सफर मार्केट क्रेज छ। सबै क्लबले यी दुई स्टारमा चासो राख्छन् तर केही क्लबहरुसँग मात्र यसको यथार्थपरक मौका छ। यस्ता खेलाडीहरुले आउँदो दशक राज गर्ने टोलीहरुलाई थाहा छ र यी स्टार अनुबन्ध गर्ने क्लबले थुप्रै उपाधि र सफलता पक्का गर्नेमा कुनै शंका छैन। यही कारणले गर्दा बार्सिलोना र म्यानचेस्टर सिटी रियल म्याड्रिडले दुबै खेलाडीलाई अनुबन्ध गर्छ कि भन्ने डरमा छन्।

अन्डर-२३ खेलाडीहरू पहिलेभन्दा धेरै विकसित छन् 

आधुनिक खेलमा युवा खेलाडीहरूले प्राप्त गर्ने कोचिङको स्तर यति विशाल र उत्कृष्ट छ कि, तपाईंले लगभग २३ भन्दा कम उमेरका खेलाडीहरूमध्ये पूरै ११ बनाउन सक्नुहुन्छ जसमा प्राय: युवा स्टार आफ्नो स्थानमा विश्वको उत्कृष्ट घोषित हुने धेरै यथार्थपरक सम्भावनाहरू छन्।

ट्रेन्ट अलेक्ज्याण्डर-अर्नोल्ड एक असाधारण राइट ब्याक हुन् जसले मिडफिल्डमा पनि खेल्न सक्छन्, जबकि केन्द्रीय मिडफिल्डर पेड्रि र फिल फोडेनको खेलमा नयाँ जाभी र एन्ड्रेस इनिएस्टा बन्नको लागि सबै कुरा छ।

प्रकाशित : बुधबार, चैत १६, २०७८१७:५०

सलाहलाई विश्वकपमा जान नदिन यस्तो सम्म गरे सेनेगलका समर्थकले [भिडियो सहित]