अप्रिल महिनामा बन्दै ठूलो संयोग: सबै ९ ग्रहको राशि परिवर्तन, यी ३ राशिलाई निकै शुभ !

अप्रिल महिना ज्योतिषको दृष्टिले निकै विशेष रहनेछ। किनभने यो महिना सबै ९ ग्रह मंगल, बुध, शनि, बृहस्पति, शुक्र, चन्द्रमा, राहु, केतु र सूर्यले आफ्नो राशि परिवर्तन गर्न लागेका छन्। यीमध्ये केही ग्रह यस्ता छन् जसको राशि परिवर्तन लामो समयपछि हुन लागेको छ। यी ग्रहहरू राहु-केतु, शनि र बृहस्पति हुन्। जान्नुहोस् ग्रह र नक्षत्रमा हुने यो परिवर्तनले कुन राशिमा सकारात्मक प्रभाव पार्छ।

वृष राशि 

यो महिना लगभग हरेक क्षेत्रमा सुनौलो सफलता मिल्ने देखिन्छ।भाग्यको पूर्ण साथ मिल्नेछ। कार्यस्थलमा तपाईंको प्रतिष्ठा बढ्नेछ। पढ्ने-लेख्ने बालबालिकाका लागि यो समय राम्रो रहनेछ। आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ। व्यवसायीहरूको कुनै पनि सम्झौता फाइनल हुन सक्छ।

मिथुन राशि 

यस राशिका व्यक्तिहरूले विभिन्न क्षेत्रमा समृद्धि प्राप्त गर्नेछन्। कामदारले पदोन्नति पाउनेछन्। व्यापार विस्तार हुनेछ। काममा आम्दानीका नयाँ बाटो खुल्नेछन्। प्रेम जीवन अद्भुत रहनेछ। वैदेशिक रोजगारीमा जान चाहनेहरुको सपना साकार हुनसक्छ।

कर्कट राशि 

ग्रहमा हुने परिवर्तनले तपाईंमा सकारात्मक प्रभाव पार्ने देखिन्छ। आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ। रोजगारीका अवसरहरु प्रशस्त हुनेछन्। आम्दानीमा वृद्धि हुने प्रबल सम्भावना छ। पुरानो रोगबाट छुटकारा पाउन सकिन्छ। यात्राबाट पनि राम्रो आम्दानी गर्न सकिनेछ।

प्रकाशित : बिहिबार, चैत १७, २०७८१७:११

चैत्र नवरात्रीमा ग्रहहरूको उल्टो छाल , यी दुई राशिको चम्किनेछ भाग्य !