“आलोचनाले केहि फरक पर्दैन, सुन जस्तै खारिएर निस्किन्छु”

काठमाडौँ – प्रतिनिधिसभाको सभामुख पदका एक्ला उम्मेदवारका रुपमा रहेका नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटाले नकारात्मक टिप्पणी गरेर हतोत्साहित गर्न खोजिएको आरोप लगाएका छन्।

सिन्धुपाल्चोकको चौतारा साँगाचोगढी नगरपालिका-२ स्थित कालिकादेवी माध्यमिक विद्यालयको वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै यस्तो आरोप लगाएका हुन्।

देशकै उच्च तहको नेतृत्व आफ्नो काधमा आएको हुनाले आफूविरुद्ध धेरै नकारात्मक टिप्पणी गरेर हतोत्साहित गर्न खोजिएको उनको आरोप छ।

सभामुखमा निश्‍चित भएसँगै आफू विरुद्ध नकारात्मक टिप्पणी आएको र त्यसले आफूलाई झन् अगाडि बढ्न सहयोग पुर्याउने सापकोटाले बताए।

“मेरो सभामुखमा निश्‍चित भएपछि नकारात्मक टिप्पणी आएका छन्। सुन आगोमा हालेर तताउँदा हराउँदै पुनः खारिन्छ, झन् पहेँलो भएर निस्कन्छ।”,उनले भने।

कुनै पनि गल्ती नगरेको हुँदा नडराउने पनि उनले स्पष्ट पारे। सभामुख पदमा निर्विरोध उम्मेदवार भएसँगै सिन्धुपाल्चोक पुगेका उनले आशीर्वाद थाप्‍न आएको बताए। सिन्धुपाल्चोक जिल्लाले अहिलेसम्मकै ठूलो पद पाएको समेत उनले दावी गरे।

प्रकाशित : बिहिबार, माघ ०९, २०७६१०:२२

दीपक मनाङे पक्राउ !