‘ए मेरो हजुर ४’ मा अनमोलको अभिनयले सबै आलोचकको मुख बन्द गर्नेछ- फिल्म निर्माता

नयाँ वर्ष २०७९ को पहिलो दिन नै चलचित्र प्रेमीका लागि खास दिने हुने भएको छ। २०७९ वैशाख एक गते नै नेपालमा दुई ठूला चलचित्र एकसाथ रिलिज हुन लागेका छन्।

यस दिन चर्चित तथा सुपरहिट फिल्म सिरिज ‘ए मेरो हजुर’ को चौंथो भाग नेपाली सिनेमा घरमा लाग्दैछ। त्यस्तै, सोही दिन निकै प्रतिक्षित रहेको दक्षिण भारतीय ‘के.जी.एफ च्याप्टर २’ पनि एकसाथ रिलिज हुँदैछ। पहिलो भाग निकै सफल भएको केजीएफको नेपालमा पनि निकै राम्रो फ्यान फलोयिङ रहेको हुँदा यसले नेपाली जगतका निकै सफल मानिने अनमोल केसीको चलचित्रलाई पनि पछि पार्न सक्ने धेरैले अनुमान लगाएका छन्।

यता अनमोल केसी, सुहाना थापा अभिनित चलचित्रका निर्माण टोली भने बाहिरी देशका चलचित्रले आफ्नो फिल्मलाई कुनै फरक नपर्ने बताउँदै आएका छन्। यसैबीच आज भएको एक पत्रकार सम्मेलन कार्यक्रममा ‘ए मेरो हजुर ४’ का निर्माता सुनिल कुमार थापाले आफ्नो फिल्म र ‘के.जी.एफ च्याप्टर २’ ले नेपालमा लगभग उस्तै कमाई गर्ने दाबी गरेका छन्। चलचित्र अभिनेत्री झरना थापाको निर्देशनमा निर्माण भएको हो।

त्यस्तै, थापाले यस फिल्ममा अनमोलको अभिनयले सबैको मुखमा तमचा हान्ने पनि बताएका छन्। निकै सफल करियर बनाउन सफल भएपनि अनमोलको अभिनय भने दर्शकले त्यति रुचाउने गरेका छैनन्। यसैबारे निर्माता थापाले भने, “अनमोलको अभिनयले सबै आलोचकको मुख बन्द हुनेछ ।”

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८१०:३९

आरआरआरले नेपालमा कति कमायो ? भयो खुलासा !