आरआरआरले नेपालमा कति कमायो ? भयो खुलासा !

काठमाडौँ – दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ रिलिज भएको दुई साता हुनेक्रममा छ। दुई साता बित्न लागिसक्दा पनि बक्स अफिसमा यस चलचित्रले तहल्का मच्चाइनै रहेको छ।

विभिन्न भाषामा रिलिज भएको यस चलचित्रले आउने केहि दिनमै हजार करोड क्लबमा प्रवेश पाउने आँकडाहरु बाहिरिएका छन्। भारतीय संचार माध्यमहरुका अनुसार आरआरआरले अहिले सम्म ९ सय भारतीय रुपैंयाँ बराबरको व्यापार गरिसकेको छ।

भारतमा मात्र नभई यस चलचित्रले अन्य देशमा पनि दर्शकको राम्रो साथ पाइरहेको छ। आरआरआरले नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ। दुई साता बित्न लाग्दा पनि नेपाली चलचित्र हलहरुमा यस चलचित्र हेर्ने दर्शकको भिड छ।

नेपालमा आरआरआरले साढे १० करोड रूपैयाँको व्यापार गरिसकेको भारतीय संचार माध्यमहरु बताउँछन्। आरआरआरले अहिलेसम्म नेपालमा ६ करोड ६६ लाख भारू माथि व्यापार गरेको पिंकभिलाले जनाएको छ।

भारतीय संचार माध्यमहरुले यस्तो दावी गरिरहेपनि वितरक मनोज राठी भने चलचित्र नाफामा जान बाँकी रहेको बताउँछन्। राठीले चलचित्रले नेपालमा कति व्यापार गरेको हो भन्ने बारे केहि नखुलाएपनि चलचित्र नाफामा गइनसकेको बताए।

एसएस राजामौलीको बहुप्रतिक्षित यो चलचित्र साढे चार सय करोड भारूमा बनेको बताइएको छ। आरआरआरमा मुख्य भूमिका रामचरण र एनटिआरले निर्वाह गरेका छन्। चलचित्रमा बलिउड अभिनेता अजय देवगन र अभिनेत्री आलिया भट्टको समेत भूमिका छ ।

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८२०:४८

दीपराज गिरीलाई छोरो घर फर्किदा काँग्रेस बनेर आउला भन्ने डर ! के भने ?