दीपराज गिरीलाई छोरो घर फर्किदा काँग्रेस बनेर आउला भन्ने डर ! के भने ?

काठमाडौँ – आउने वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचन हुने दिन नजिकिँदै गर्दा राजनीतिक दलहरु आफ्नो-आफ्नो तयारीमा जुटिसकेका छन्। पछिल्लो समय राजनीतिक दलहरु बीच एक-अर्काका नेता, कार्यकर्ता तान्ने लहर पनि चलेको छ।

आफ्नो पक्षमा माहोल बनिरहेको देखाउन राजनीतिक दलहरुले यसो गरिरहेका बेला चर्चित कलाकार दीपकराज गिरीले छोरो घर फर्किदा काँग्रेस भएर आउला भन्ने डर भएको बताएका छन्।

पार्टी परिवर्तन गराउने होड तर्फ व्यंग्य गर्दै गिरीले छोरो अहिले सम्म घर नआएको र छोरो घर फर्किदा काँग्रेस भएर आउला भन्ने डर भएको बताएका हुन्।

“बाले काँग्रेस हुँ भन्नुहुन्थ्यो । घरमा एक हुल नेता आएर एमाले बनाई दिएर गएछन् । सूर्यलाई भोट हाल्ने मेरी आमा पधेरीबाट आउदा माओवादी प्रवेश गरिछिन्। छोरो अहिले घरमा आएको छैन । काँग्रेस बनेर आउनला भन्ने डर भो। देशको हालत”,गिरीले सामाजिक संजालमा लेखेका छन्।

प्रकाशित : मङ्गलबार, चैत २२, २०७८२१:५०

बालेनलाई टक्कर, अभिनेता भुवन केसी काठमाडौँको मेयर पदका लागि उठ्ने !