निकै भरपर्दो हुन्छन् यी ५ राशिका मानिस, आँखा चिम्लेर गर्न सकिन्छ विश्वास !

कुनै पनि व्यक्तिलाई विश्वास गर्नु भनेको उसलाई सबै कुरा सुम्पनु बराबर हो। भरपर्दो साथीहरू, जीवनसाथी र सहकर्मीहरू भेट्टाउन धेरै गाह्रो छ। मानिसले आफ्नो मनको कुरा सबैसँग बाँड्न सक्दैन। तर, ज्योतिषमा केही यस्ता राशिको उल्लेख गरिएको छ, जुन राशिसँग सम्बन्धित व्यक्तिलाई आँखा चिम्लिएर विश्वास गर्न सकिन्छ। आउनुहोस् जानौं ती राशिका बारेमा।

मेष राशि 

ज्योतिष शास्त्रका अनुसार मेष राशिका व्यक्तिहरू धेरै इमानदार, दयालु र सधैं सत्यको पक्षमा हुन्छन्। यस राशिका मानिसलाई यताउता कुरा गर्न मन लाग्दैन। यो राशिका मानिसहरुलाई मुटुको कुरा पनि बताउन सकिन्छ। यस राशिका मानिसले अरुको विश्वास तोड्दैनन्।

कर्कट राशि 

कर्कट राशिका व्यक्तिहरू भरपर्दो हुन्छन्। यसका साथै उनीहरुलाई निकै भावुक पनि मानिन्छ। साथी वा जीवन साथीको रूपमा यो राशिका व्यक्तिहरू धेरै राम्रो हुन्छन्। जीवनसाथीको रुपमा यस राशिका व्यक्तिको साथ भनेको उपहार भन्दा कम हुँदैन। कर्कट राशि भएका व्यक्तिहरू भरपर्दो हुनुका साथै सुख-दु:खमा साथ दिने किसिमका हुन्छन्।

सिंह राशि 

सिंह राशिका व्यक्ति इमानदार हुनुका साथै विश्वासयोग्य पनि हुन्छन्। यस राशिका मानिसले न कसैको भरोसा तोड्छन् न त संकटको बेला छोड्छन्। सामान्यतया यो राशिका मानिसहरुलाई झूटप्रति कडा घृणा हुन्छ।

मकर राशि 

मकर राशिका मानिसहरु इमानदारीले भरिपूर्ण हुन्छन्। यो राशिका मानिसहरुलाई सजिलै विश्वास गर्न सकिन्छ। साथै यस राशिका मानिसहरु स्वभावले शान्त र गम्भीर हुन्छन्। तपाईं यस राशिका मानिसलाई आफ्नो मनका हरेक कुरा खोल्न सक्नुहुन्छ।

कुम्भ राशि 

कुम्भ राशिका मानिसलाई निकै बुद्धिमानी मानिन्छ। कुम्भ राशिका मानिस अक्सर अरूको लागि विश्वसनीय साबित हुन्छन्। यस राशिका मानिसहरुको इमानदारीमा कुनै शंका गर्नु पर्दैन। यस राशिका मानिस सधैं अरूको भरोसामा खरो उत्रिन्छन्।

प्रकाशित : बुधबार, चैत २३, २०७८१०:४५

भोलिबाट सुरु हुँदैछ यी ५ राशिको निकै शुभ दिन, मंगलले चम्काउनेछ भाग्य !