दुई पूर्व प्रेमिका कै उपस्थितिमा आलियासँग ब्याण्ड बाजा बजाउने रणबीरको तयारी !

रणबीर कपुर र आलिया भट्ट एकसाथ विवाह बन्धनमा बाँधिने भएका छन्। यही अप्रिल १३ र १४ तारिखबाट विवाहको समारोह सुरु हुने बताइएको छ। पञ्जाबी परम्परा अनुसार हुने विवाह तीनदेखि चार दिनसम्म चल्नेछ। जहाँ विवाहको दिनको बारेमा कुनै पुष्टिकरण छैन, १७ अप्रिल त्यो दिन हुन सक्छ। उनीहरुको परिवारले विवाहको बारेमा निकै गोप्य राखेका छन्।

पावर कपलको यस विवाह कपुर परिवारको खानदानी बंगलामा चेम्बुरको आरके बंगलामा हुने बताइएको छ। आयोजनास्थलमा तयारी सुरु भइसकेको छ। यसैबीच प्ले-बोई समेत भनेर चिनिने गरेका रणबीरले थुप्रै बलिउड अभिनेत्रीलाई पनि डेट गरिसकेका छन्। यस्तोमा, धेरैको चासो रणबीर र आलियाको विवाहमा आउने अथितिको बारेमा पनि हुनेछ।

विभिन्न रिपोर्टका अनुसार नजिकका साथीहरू र परिवार अतिथिहरूको सूचीमा समावेश हुनेछन्। सूचीमा सबैभन्दा पहिला अयान मुखर्जी, करण जोहर र आदित्य रोय कपुर जस्ता स्टारको नाम हुनेछ, जो आलिया र रणबीरका सबैभन्दा नजिकका साथी मानिन्छन्। त्यस्तै, सबैको नजर भने दीपिका पादुकोण र कट्रिना कैफमा रहनेछ, जो पनि यस सूचीमा रहने सम्भावना उच्च रहेको छ।

विशेषगरी यी दुई अभिनेत्री रणबीरका पूर्व प्रेमिका भएकै कारण पनि धेरैको नजर उनीहरुमा रहन सक्छ। ब्रेक-अपपछि पनि रणबीर र दीपिकाको सम्बन्ध राम्रो रहेको छ। दीपिका अभिनेता रणवीर सिंहसँग विवाह बन्धनमा बाँधीसकेकी छिन्। यो जोडी दुबै रणबीर र आलिया दुबैसँग निकै नजिक रहेको छ। अर्कोतिर, कट्रिनासँग भने ब्रेक-अपपछि रणबीरको सम्बन्ध राम्रो छैन। यी दुई स्टार एक-अर्कासँग बोल्न पनि रुचाउँदैनन्। तर कट्रिना र आलिया भट्टको निकै राम्रो सम्बन्ध रहेको छ। कट्रिनाले पनि हालै मात्र विक्की कौशलसँग विवाह गरेकी थिइन्।

प्रकाशित : बुधबार, चैत २३, २०७८१६:४०

अन्ततः एकअर्काको भए आलिया र रणवीर, सार्वजनिक भए विवाहका तस्विर ! [तस्विर सहित]