ज्योतिषशास्त्रका अनुसार राशिले कुनै पनि व्यक्तिको स्वभाव र जीवनसँग सम्बन्धित धेरै महत्त्वपूर्ण कुराहरू बताउँछ। प्रत्येक राशिको कुनै न कुनै शासक ग्रह हुन्छ। यी ग्रहहरूको प्रभाव राशिमा पर्ने बताइन्छ। आज यहाँ हामी केहि यस्ता राशिको बारेमा बताउन गइरहेका छौँ जसका मानिसहरु रहस्यमय स्वभावका मानिन्छन्। यी मानिसहरू कहिले के गर्नेछन् भनेर कसैले अनुमान गर्न सक्दैन। उनीहरुको यो स्वभावका कारण धेरै सफलता पनि मिल्छ।
मकर राशि

यो राशिका मानिसहरु सफलताको भोका हुन्छन्। आफ्नो कामसँग मात्र काम राख्छन्। उनीहरु आफ्नो योजना कसैलाई खुलासा गर्दैनन्। यी मानिसहरू आफ्नो कुरा र रहस्य लुकाउन विशेषज्ञ मानिन्छन्। यी मानिस अरुले बाहिरबाट जे देख्छन् र सोच्छन्, वास्तवमा त्यस्ता नहुन पनि सक्छन्। त्यसैले यी व्यक्तिलाई निकै रहस्यमय मानिन्छ।
कुम्भ राशि

यस राशिका मानिसहरुको स्वभाव निकै रहस्यमय मानिन्छ। उनीहरुको मनमा के चलिरहेको छ भनेर कसैले अनुमान गर्न सक्दैन। यी व्यक्तिहरूले आफ्नो काम धेरै रहस्यमय तरिकाले गर्छन्। उनीहरुको दिमाग निकै तिखो हुन्छ। उनीहरु आफ्नो कुरा कसैसँग पनि छिटो सेयर गर्दैनन्। तिनीहरूले आफ्नो काम चुपचाप पूरा गर्छन्।
मीन राशि

यो राशिका मानिसहरु अरुको खासै मतलब गर्दैनन्। उनीहरुले गरेको कामको कसैले कल्पना समेत गर्न सक्दैन। तिनीहरूले के सोच्छन्, के गर्न चाहन्छन् भनेर कसैसँग कहिल्यै छलफल गर्दैनन्। तर उनीहरु निरन्तर आफ्नो काममा लागिरहन्छन्। जसका कारण उनीहरुले सफलता पनि पाउँछन्। उनीहरूले अगाडिको व्यक्तिलाई आफू के गरिरहेछन् भन्ने थाहा पनि दिँदैनन्।

