फर्डिनान्ड भन्छन्-“हाल; विश्वमा बेन्जेमा जस्तो खेलाडी कोही पनि छैन, उनी नै सर्वश्रेष्ठ”

रियल मड्रिडका स्ट्राइकर करिम बेन्जेमाले मंगलबार (अप्रिल ६) युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा चेल्सीविरुद्ध स्टामफोर्ड ब्रिजमा ह्याट्रिक गरेका छन्।

उनले भिनिसियस जुनियरसँग राम्रो तालमेल देखाउँदै उत्कृष्ट हेडरको साथ पहिलो गोल गरे। दोस्रो गोल गर्नमा, बेन्जेमाले लुका मोड्रिचको राम्रोसँग चिप गरिएको बललाई सानदार हेडर गोल गरेका थिए, जसले चेल्सीका गोलकिपर एडुआर्ड मेन्डीलाई बल रोक्ने कुनै अवसर नै दिएनन्। उनलाई मेन्डीले तेस्रो गोल उपहार दिए, जसले फ्रान्सेली खेलाडीलाई खाली जालमा ट्याप गर्नका लागि सिधै बेन्जेमालाई बल पास गरे।

लस ब्लान्कोसको पक्षमा ३-१ को जितमा सकिएको खेल पछि म्याड्रिड सेमिफाइनल पुग्ने पक्का दाबेदार बनेको छ। रियल म्याड्रिडका लागि खेल जोड्दै र बल बिना डिफेन्ड गर्दै बेन्जेमा यस खेलमा निकै घातक साबित भए। ३४ वर्षीय स्टारको प्रयासको म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर रियो फर्डिनान्डले प्रशंसा गरेका छन्।

“यो सिजनको अन्त्य हो र उसले अझै गोल गर्दै छ। उसले आफ्नो टोलीलाई लिगको शीर्षमा पुर्‍याएको छ। रियल निकै उत्कृष्ट देखिन्छ र बेन्जेमा नायक हुन्। जब क्रिस्टियानो रोनाल्डो त्यहाँ थिए, बेन्जेमासँग रोनाल्डोको पछाडी बस्ने नम्रता थियो किनभने उसलाई थाहा थियो कि टिमलाई यो आवश्यक थियो। अहिले ऊ रोनाल्डोको छायाबाट बाहिर आएको छ,” उनले भने, “बेन्जेमा ३४ वर्षको हो र ऊ विश्वकै उत्कृष्ट नौ नम्बर हो। ऊ अर्को स्तरका छ। गोल, असिस्ट, खेललाई लिंक-अप प्ले।”

प्रकाशित : बिहिबार, चैत २४, २०७८१५:५९

बार्सिलोनामा मेस्सिको जादू फर्काउँदै पेड्रि !