सिजनको अन्तिममा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग आफ्नो सम्झौता अन्त्य भएसँगै किलियन एम्बाप्पेले पीएसजी छाड्ने धेरैको बुझाई रहेको छ। उनलाई अनुबन्ध गर्न युरोपमा ठूला भन्दा ठूला क्लब आतुर रहेका छन्।

यस्तोमा, चेल्सीका पूर्व स्ट्राइकर डिडियर ड्रोग्बाले एम्बाप्पेलाई आफ्नो अर्को गन्तव्य बन्ने जुनसुकै क्लबमा “नेतृत्व लिन” र “रमाइलो” गर्न सल्लाह दिएका छन्। यो सिजन २३ वर्षीय स्टार खेलाडीका लागि निकै उत्कृष्ट बनेको छ, गत सिजनको अन्त्यबाट नै रियल म्याड्रिड जान इच्छुक रहेका एम्बाप्पेको भविष्य बारे थुप्रै चर्चाका बाबजुद विश्व विजेता स्टारले त्यसलाई आफ्नो खेलमा असर पार्न दिएका छैनन्। उनले यस सिजन पीएसजीका लागि सबै प्रतियोगिताहरुमा ३८ खेलमा २८ गोल र २० असिस्ट गरेका छन्।

भूतपूर्व ब्लुज फरवार्डले यसो भनेको उद्धृत गरिएको थियो, Footmercato को अनुसार: “मलाई लाग्छ कि उनी निस्सन्देह उत्कृष्ट मध्ये हुन्। कुनै पनि खेलमा फरक पैदा गर्न सक्ने उनलाई हरेक क्लबले चाहन्छ। सिजनको सुरुवातदेखि नै पेरिस सेन्ट जर्मेनलाई उकास्ने उनी नै हुन्। उनलाई टोलीमा राख्न कसले अस्वीकार गर्न सक्छ? आज, यो आवश्यक छ। उनले जुनसुकै प्रोजेक्टमा गएपनि उनलाई आवश्यक महशुस हुनुपर्छ।”

कसैले पनि यो कुरा अस्वीकार गर्न सक्दैनन् कि एम्बाप्पे हाल पीएसजीको टोलीको नेता हुन्। डिडियर ड्रोग्बाले उनलाई पेरिस छोडेपछि आफू जहाँ भए पनि लिडर बन्न जारी राख्न प्रोत्साहित गरेका छन्। “अब उनले नेतृत्व लिनुपर्छ। हामीले यो वर्ष देखेका छौं, उनले नेतृत्व लिन चाहन्छन्। उनी जहाँ भएपनि उनले यो कुरा पाउनेछन्। अब रमाइलो गर्ने उनको हातमा छ।”

