सुन यस साताकै महँगो ! कति ?

काठमाडौँ – नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ। सातामा शुरुवाती समयमा घटेर त्यसपछि पुनः बढ्न थालेको सुनको मूल्य आज पनि बढेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य ९९ हजार ५ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९९ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।

सुन साताकै महँगो

पछिल्लो वृद्धिसँगै सुनको मूल्य यस साताकै महँगो भएको छ। यस अगाडी छापावाला सुनको मूल्य आइतबार ९९ हजार ३ सय, सोमबार ९८ हजार ७ सय, मंगलबार ९८ हजार ८ सय, बुधबार ९८ हजार ५ सय र बिहिबार ९९ हजार रुपैंयाँ थियो। त्यस्तै तेजाबी सुन भने आइतबार ९८ हजार ८ सय, सोमबार ९८ हजार २ सय, मंगलबार ९८ हजार ३ सय, बुधबार ९८ हजार र बिहिबार ९८ हजार ५ सय रुपैंयाँमा कारोबार भएको थियो।

चाँदी मूल्य

आज सुनको मूल्य मात्रै नभई चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा रु १० ले बढेको हो। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय ५५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : शुक्रबार, चैत २५, २०७८११:२२

भोलि सार्वजनिक बिदा !