बुध ग्रहले आजबाट गर्यो राशि परिवर्तन, यी ४ राशिका लागी बन्यो ‘धन राजयोग’ !

अप्रिल ८ अर्थात् आजबाट बुध ग्रह मीन राशि छोडेर मेष राशिमा प्रवेश गरेको छ। यो ग्रहले आफ्नो राशि परिवर्तन गर्न निकै कम समय लिन्छ। सामान्यतया यो ग्रह कुनै पनि राशिमा १४ दिन रहन्छ। आजबाट २५ अप्रिलसम्म बुध ग्रह मेष राशिमा रहनेछ। त्यसपछि, यो वृष राशिमा प्रवेश गर्नेछ। बुधको यो गोचरले सबै राशिहरूमा केही न केही प्रभाव पार्नेछ। तर यो गोचर ४ राशिका मनिसको कुण्डलीमा ‘धन राजयोग’ बन्नेछ। जान्नुहोस् यी राशिको बारेमा….

मेष राशि 

बुधको गोचर यस राशिका व्यक्तिका लागि लाभदायी साबित हुनेछ। तपाईंको आत्मविश्वास बढ्नेछ। तपाईंले यस अवधिमा केही राम्रो निर्णयहरू लिन सक्षम महसुस गर्नुहुनेछ। यो गोचर लगानी गर्न र आम्दानीको स्रोत बढाउनको लागि अनुकूल हुनेछ। आर्थिक पक्ष बलियो रहनेछ।

वृष राशि 

यस अवधिमा हरेक क्षेत्रमा राम्रो नतिजा प्राप्त हुने सम्भावना छ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मान बढ्नेछ। यस अवधिमा भाग्यको पूर्ण साथ मिल्नेछ। आर्थिक रुपमा यो समय तपाईंको लागि शुभ रहनेछ। यात्राबाट पनि राम्रो आम्दानी गर्न सकिनेछ।

कर्कट राशि 

यस अवधिमा तपाईंका सबै बाधाहरू समाप्त हुने देखिन्छ। रोजगार गर्नेहरुले स्थानान्तरणको पनि खबर पाउन सक्छन्। मिहिनेतको पूर्ण फल मिल्ने देखिन्छ। साथै, व्यवसायमा संलग्न व्यक्तिहरूका लागि यो अवधि लाभदायक डिल गर्न लाभदायक साबित हुनेछ।

सिंह राशि 

बुधको गोचर यस राशिका व्यक्तिका लागि शुभ रहनेछ। यो गोचरले तपाईंको आर्थिक जीवनमा सकारात्मक प्रभाव पार्नेछ। आर्थिक स्थिति बलियो र राम्रो आम्दानी हुने सम्भावना छ। धन आर्जनमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा पनि यो समय अनुकूल रहनेछ।

प्रकाशित : शुक्रबार, चैत २५, २०७८११:५३

यी ५ राशिका लागि मंगल भारी, अबको ४० दिन हुनेछ निकै कष्टकर जीवन !