ग्रहहरूको अधिपति मंगल ग्रह शनिको स्वामित्वमा रहेको कुम्भ राशिमा प्रवेश गरेको छ। मंगल ग्रहको यो राशि परिवर्तन हिजो बिहीबार दिउँसो ३:४५ बाट भएको छ। यो राशिमा मंगल १७ मे सम्म रहनेछ। त्यसपछि मंगल ग्रह मीन राशिमा प्रवेश गर्नेछ। मंगलको यो गोचरले धेरै राशिका मानिसहरुलाई राम्रो फल दिनेछ तर केहि राशिकाहरुलाई विशेष सावधानी अपनाउन जरूरी छ।
मेष राशि
मंगल ग्रह कुम्भ राशिमा प्रवेश गर्ने बित्तिकै मेष राशिका व्यक्तिहरूले सावधानी अपनाउनुपर्नेछ। यस राशिका मानिसहरुको प्रेम जीवनमा असर पर्ने देखिन्छ। पेशा–व्यवसायमा समस्या आउन सक्छ। इष्टमित्र तथा आफन्तसँगको सम्बन्ध बिग्रन सक्छ। अदालती मुद्दामा समस्या आउन सक्छ।
कर्कट राशि
आर्थिक जीवनमा जारी समस्याहरूले तपाईंको मानसिक तनाव बढाउन सक्छ, किनभने मंगल गोचरको कारणले गर्दा तपाईंले आर्थिक रूपमा धेरै सुरक्षित स्थितिमा रहनु हुनेछैन। लगानीको हिसाबले पनि यो अवधि तपाईंको लागि उपयुक्त छैन। वैवाहिक जीवनमा मनमुटावको स्थिति उत्पन्न हुनसक्छ।
कन्या राशि
कन्या राशिका व्यक्तिहरुको आर्थिक पक्ष बलियो हुने छैन। लगानीमा लाभको सम्भावना कम छ। यस समयमा आर्थिक लेन-देन गर्दा विशेष सावधान रहनुपर्नेछ, अन्यथा नोक्सान हुने सम्भावना उच्च रहेको छ।
वृश्चिक राशि
वृश्चिक राशिको स्वामी मंगल ग्रह हो। कुम्भ राशिमा मंगलको गोचर अवधिमा वृश्चिक राशिका व्यक्तिले क्रोधलाई नियन्त्रणमा राख्नु पर्नेछ। सम्बन्धमा चिसोपन आउन सक्छ। घरमा विवाद बढ्नेछ। दाम्पत्य जीवनमा समस्या आउन सक्छ। कार्यस्थलमा सहकर्मीहरूसँग विवाद बढ्न सक्छ।
कुम्भ राशि
मंगल ग्रह कुम्भ राशिमा गोचर हुने भएकाले यो राशिका मानिसहरुमा मंगल ग्रह भारी हुन सक्छ। कुम्भ राशिका व्यक्तिहरूले करिब एक महिनासम्म निकै सावधान रहनुपर्नेछ। रिसलाई नियन्त्रणमा राख्नुहोस्, अन्यथा विवादमा पर्दा ठूलो नोक्सान हुन सक्छ। यो गोचर स्वास्थ्यको हिसाबले पनि राम्रो छैन। शत्रुहरूबाट सावधान रहनुहोस्। आम्दानीका स्रोत बढ्नेछन् तर खर्चका कारण कठिनाइहरू बढ्नेछन्।