युनाइटेडको यो हाल, एभर्टनले नै पछार्यो !

एजेन्सी – प्रिमियर लिगको शिर्ष चारको दौडमा नराम्रो म्यानचेस्टर युनाइटेडले नराम्रो झड्का बेहोरेको छ। हाल शिर्ष चारमा पर्दै च्याम्पियन्स लिगका लागि छनौट हुने योजना सहित अगाडी बढिरहेको युनाइटेडले शनिबार नराम्रो झड्का बेहोरेको छ।

शनिबार एभर्टनको घरेलु मैदानमा भएको खेलमा युनाइटेड एभर्टनसँग पराजित भयो। खेलभर बलमा राम्रो पकड बनाएरपनि युनाइटेड गोल गर्न चुक्यो। बलमा युनाइटेडले ६८ प्रतिशत पकड बनाएको थियो। खेलभर युनाइटेडको तर्फबाट एक दर्जन प्रहार भए। त्यसमध्ये ४ प्रहार टार्गेटमा थिए।

त्यस्तै बलमा कम पकड भएर पनि एभर्टनले कुल ७ प्रहार गर्यो। ती मध्ये ३ प्रहार टार्गेटमा थिए। जस मध्ये एक प्रहार गोलमा परिणत भयो। एभर्टनका लागि एन्थोनी गोर्डनले गोल गरे। खेलको २७ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो।

युनाइटेड माथि जित निकालेसँगै रेलिगेसनबाट जोगिने अभियानमा रहेको एभर्टनलाई महत्वपूर्ण तीन अंक मिल्यो। सिजनका ३० खेल्दा एभर्टनले मात्रै ८ जित निकालेको छ। एभर्टनले अहिले सम्म १८ खेलमा हार बेहोरिसकेको छ। एभर्टनको २८ अंक सहित १७ औं स्थानमा छ।

यस्तै युनाइटेड भने ५१ अंकमा सिमित भएको छैन। सिजनका ३१ खेल खेल्दा युनाइटेडले १४ खेलमा जित निकाल्दा ८ खेलमा हार बेहोरेको छ। युनाइटेड सातौँ स्थानमा रहेको छ। शनिबारको हारसँगै युनाइटेड शिर्ष चारमा परेर च्याम्पियन्स लिगका लागि छनौट हुने सम्भावनाको लगभग अन्त्य भएको छ।

प्रकाशित : शनिबार, चैत २६, २०७८१९:४४

विपक्षीको गोलपोस्टमा पिएसजीको गोलवर्षा, एम्बाप्पे र नेयमार दुवैको ह्याट्रिक !