भगवान श्रीरामको जन्म चैत्र शुक्ल पक्षको नवमी दिनमा भएको थियो, यस दिनलाई रामनवमीका रुपमा मनाइन्छ । यस दिन चैत्र नवरात्रीको अन्तिम दिन पनि हो । यस वर्ष रामनवमी अप्रिल १० तारिक अर्थात् आज परेकोछ । नवमी तिथी अप्रिल ९ तारिक दिउँसो १ः२३ बजेदेखि सुरु भएर ११ अप्रिलको दिउँसो ३ः१५ बजेसम्म रहनेछ। रामनवमीका दिन देशभरका राम मन्दिरहरूमा भगवान श्रीरामको पूजा आराधना गरिन्छ । यस दिन भगवान रामको पूजा सहित केही विशेष उपाय गर्नाले जीवनमा खुशीयाली भर्न आउन सक्छ ।
राम नवमी पूजा शुभ मुहूर्त
रामनवमीको पूजाको शुभ समय १० अप्रिल ११:०६ बजे देखि ०१:३९ बजे सम्म रहेको छ। यस मुहूर्तमा मन्दिरहरुमा रामजन्मोत्सव मनाइनेछ । त्यस्तै अभिजित मुहूर्त दिउँसो १२:०४ देखि १२:५३ बजेसम्म मात्र ४९ मिनेटको हुनेछ।
राम नवमीको दिन गर्नुहोस् यस्ता उपाय
यदि तपाई जीवनमा कुनै संकटले घेरिएको छ भने रामनवमीको दिन रामरक्षा स्तोत्रको पाठ गर्नुहोस्। यसो गर्नाले दुखबाट मुक्ति मिल्छ । दुःखको समयमा भगवानको आराधना गर्नाले व्यक्तिलाई सकारात्मकता र धैर्यता प्राप्त हुन्छ। रामनवमीका दिन शुभ मुहूर्तमा भगवान श्रीरामको पूजा–आराधना गरी ‘श्री रामचन्द्र कृपालु भज मन’ भनी रामको स्तुति गर्नाले दुःख–कष्टबाट मुक्ति मिल्छ ।
रामनवमीको दिन भगवान श्रीरामका परम भक्त हनुमानजीको पूजा गर्नाले भगवान राम प्रसन्न हुने मान्यता रहेको छ । त्यसैले रामनवमीको दिन हनुमान चालिसाको पूर्ण पाठ गर्नुहोस्, यसो गर्नाले मनोकामना पूरा हुन्छ। भगवान रामको नाममा धेरै शक्ति हुन्छ । रामनवमीका दिन भगवान श्रीरामको पूजा–आराधना गरी राम नामको जप गर्नाले जीवनमा सुख–समृद्धि प्राप्त हुन्छ ।
रामनवमीको दिन रामायण वा रामचरितमानसको पाठ गर्नु पापको नाश र पुण्य प्राप्तिको लागि धेरै शुभ मानिन्छ।