वृष राशि
स्थिति सप्रिएर आएको छ । अलिकति खर्च त बढ्ला तर त्यसलाई भ्याउन सक्ने आयसमेत गर्नुहुनेछ । पढाइको क्षेत्रमा राम्रो प्रगति होला । आन्तरिक व्यापारभन्दा बाह्य व्यवसायले साथ दिनेछ ।
मिथुन राशि
सातालाई राम्रो रूपमा लिन सकिन्छ । पुराना बाँकी रहेका धेरै काम बन्नेछन् । स्वास्थ्यको स्थिति पनि सप्रिएर आएको छ । रिस गर्नेहरूको सङ्ख्या क्रमशः घटेर जाला तैपनि मुखबाट वाणी निकाल्दा विचार गर्नुहोस् । जागिरमा ठूलो फलिफाप देखा पर्दैन ।
कर्कट राशि
राम्रो खालको साता छ । सुरुको दिनमा भोजभतेर पर्नुका साथै इष्टमित्रसँग समेत भेटघाट होला तर मित्रवर्गबाट ठूलो सहयोग भने मिल्लाजस्तो छैन । आर्थिक स्थिति राम्रैसित सप्रिएला । गरेका काम ढिलो भए पनि बनेरै जानेछन् । व्यापार, व्यवसायमा राम्रो छ ।
वृश्चिक राशि
साता राम्रो खालको छ । धेरै काम बन्नेछन् । असल काम गर्नेतिर मनको प्रवृत्ति जाला भने गरेका काम सफलसमेत हुनेछन् । आर्थिक स्थिति त्यति नराम्रो छैन । यद्यपि खर्चको मात्रा भने घट्ने देखिन्न । असल काममा नै खर्च हुनाले मनमा खिन्नता हुने स्थिति हाल छैन ।
मीन राशि
मनमा डर लागिरहे पनि बिग्रने समय छैन । केही गतिला काम तपाईंको हातमा पर्न सक्छन् । असल काम गर्ने भावना उठ्ला र केही समयसमेत दिनुहुनेछ । व्यापार, व्यवसायबाट मनग्गै लाभ होला । सप्ताहान्तमा मित्रबाट राम्रो सहयोग पाउनु हुनेछ ।