नेपालबाट जापान जाँदै थिइन् सोविता, झोलामा भेटियो गोली !

काठमाडौँ – नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन् ।

प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार नेपालीलाई गए राति पक्राउ गरिएको हो । नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी उनलाई जाँच गर्दा गोली बरामद गरिएको हो ।

उनी झोलामा गोली लिएर जापान जान लागेकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी आइतबार नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट क्वालालाम्पुर (मलेसिया) हुँदै नारिता (जापान) जान लागेकी थिइन्।

प्रकाशित : सोमबार, चैत २८, २०७८१४:०८

तत्काल पानी पर्ने सम्भावना छ कि छैन ? यसो भन्छन् मौसम विद् !