राहु-केतुको राशि परिवर्तन चैत २९ गते मंगलबार अर्थात् आज भएको छ। राहु मेष राशिमा र केतु तुला राशिमा गोचर हुने भएका छन् । यी दुई ग्रहको राशि परिवर्तन चैत २९ गते बिहान १० बजेर ५० मिनेटमा भएको छ । यी दुई ग्रहको राशि परिवर्तनले सबै १२ राशिलाई असर गर्नेछ। राहु-केतुको परिवर्तनले पाँच राशिको जीवनमा समस्या बढ्न सक्ने ज्योतिषीहरुको भनाइ छ । जान्नुहोस् आगामी १८ महिनामा कुन राशिका व्यक्तिले सावधानी अपनाउनुपर्नेछ-
मेष राशि
मेष राशिका लागि राहुले प्रथम घरमा र केतुले सातौँ घरमा प्रवेश गर्ने भएका छन्। यस राशिका व्यक्तिहरूले यस समयमा आफ्नो सम्बन्धमा सावधान रहनु आवश्यक हुन्छ। यस समयमा आर्थिक समस्याको सामना गर्नु पर्नेछ। तर कुण्डलीमा ग्रहहरूको स्थिति राम्रो भएमा यी राशिका व्यक्तिहरूले राशि परिवर्तनको अवधिमा कम समस्याको सामना गर्नुपर्नेछ।
तुला राशि
तुला राशिका लागि सातौँ घरमा राहु र प्रथम घरमा केतुको राशि परिवर्तन हुने भएको छ । यस समयमा स्वास्थ्य, आर्थिक पक्ष र सम्बन्धमा धेरै सावधान रहनु आवश्यक छ। यस अवधिमा बृहस्पति र शनि आफ्नो शुभ स्थितिमा रहने छैनन्। शनि चौथो घरमा र देवगुरु बृहस्पति छैटौँ घरमा अवस्थित हुनेछन्। यस्तो अवस्थामा तुला राशिको जीवनमा अनेक समस्या आउन सक्छ।
मकर राशि
मकर राशिका व्यक्तिहरुका लागि पाँचौं र एघारौं घरमा राहु-केतुको प्रभाव रहेने भएको छ । पाँचौं घरमा राहुको स्थितिले धनु राशिका व्यक्तिहरूलाई समस्या ल्याउनेछ। यस समयमा, भविष्यको सुरक्षाको विषयमा चिन्ता हुन सक्छ। यस अवधिमा धन हानि हुने सम्भावना छ । यस राशि परिवर्तनको अवधिमा लगानी नगर्नु उचित हुनेछ ।
मीन राशि
मीन राशिको दोस्रो र आठौँ घरमा राहु-केतुको राशि परिवर्तन हुने भएको छ । मीन राशिका व्यक्तिहरूलाई ग्रहहरूको राशि परिवर्तनको कारण प्रतिकूल परिणाम मिल्न सक्छ। यदि कुण्डलीमा राहु-केतुको स्थिति राम्रो छैन भने, यो समयमा उधारो वा खर्चको कारण समस्या बढ्न सक्छ । मीन राशिका व्यक्तिहरूलाई राशि परिवर्तनको समयमा सावधान रहन उचित हुनेछ।