ह्वात्तै बढ्यो कागतीको मूल्य ! किलोको कति ?

काठमाडौँ – नेपाली बजारमा कागतीको मूल्य आकाशिएको छ। भारतीय बजारमा बढ्न थालेसँगै नेपाली बजारमा पनि कागतीको मूल्य बढेको हो। कालीमाटी तरकारी बजारमा कागतीको होलसेल मूल्य झन्डै दुई गुणाले बढेको छ।

कालीमाटी तरकारी बजारमा कागतीको होलसेल मूल्य प्रतिकिलो ४ सय २५ रुपैयाँ सम्म पुगेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

एक महिना अगाडी सम्म कागती डेढ सय देखि २ सय रुपैंयाँमा कारोबार हुने गरेको थियो। कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार चैत १८ गते कागती प्रतिकिलो २७५ रुपैयाँ होलसेल मूल्यमा बिक्री भएको थियो। त्यसयता कागतीको मूल्य निरन्तर बढिरहेको छ।

नेपालमा कागती भारतबाट आउँछ। भारतीय मिडियाहरुले दिएको जानकारी अनुसार भारतमै कागतीको मूल्य ३५० भारूसम्म पुगेको छ। भारतीय बजारमा भएको मूल्य वृद्धिको सिधा असर नेपाली बजारमा पनि देखिएको छ। नेपालको खुद्रा बजारमा कागतीको मूल्य ५ सय ५० सम्म पुगेको छ।

प्रकाशित : बुधबार, चैत ३०, २०७८१६:४८

नेपालबाट यती धेरै रकम लुकाएर भारत लैजाँदै थिए कन्हैया, विमानस्थलमै पक्राउ !