शिक्षामन्त्री भन्छन् – ‘सरकार सार्वजनिक विद्यालय सुधारमा लागेको छ’

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले सरकार सार्वजनिक विद्यालयलाई सुधार गर्न लागिपरेको बताएका छन् ।

आज काठमाडौँ महानगरपालिका भित्रका विभिन्न सार्वजनिक विद्यालयको अनुगमन गर्ने क्रममा मन्त्री पौडेलले नेपालको सार्वजनिक शिक्षामा भौतिक पूर्वाधारको सुधार, कानूनी सुधार र शिक्षण सिकाइ प्रक्रियामा सुधार आवश्यक रहेको औँल्याउँदै सरकार त्यसप्रति लागिपरेको जानकारी गराए।

उनले निजी क्षेत्रले पनि शिक्षालाई नाफा आर्जन गर्ने थलोका रूपमा नलिइ न्यूनतम शुल्कमा पढाउनुपर्नेमा जोड दिए। सार्वजनिक सुधारको अभियान कामपाबाट सुरु भएको उल्लेख गर्दै निजी क्षेत्रलाई पनि राज्यले नै स्वीकृति दिएको हुनाले सँगै लिएर जाने धारणा उनले राखे।

“निजी र सार्वजनिकलाई जुधाउने होइन, निजी र सार्वजनिकलाई सँगै लैजाने र निजीलाई थप बढी ध्यान दिनुपर्छ”, उनले भने। सोही अवरसमा उनले सरकारले कम्तीमा तीन वर्षभित्रमा सार्वजनिक शिक्षा सुधारमा देखिने गरी काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे। मन्त्री पौडेलले सार्वजनिक सुधार मन्त्रालयको प्राथमिकतमा रहेको बताउँदै आगामी आर्थिक वर्षमा शिक्षा क्षेत्रमा बजेट वृद्धि हुने पनि विश्वास व्यक्त गरे।

प्रकाशित : बुधबार, चैत ३०, २०७८२१:३६

काठमाडौँका विभिन्न स्थानबाट हराएका थिए मोटरसाइकल र स्कुटर, फेला पारेर हस्तान्तरण !