मिथुन राशि
वैशाख महिना मिथुन राशिका मानिसको लागि शुभ राम्रो हुनेछ। लामो समय देखि रोकिएका कामहरू अब अगाडि बढ्नेछन्। आकस्मिक धन लाभ मिल्ने ठूलो सम्भावना रहेको छ। सामाजिक कार्यमा संलग्न हुन तपाईंको विशेष रुचि रहनेछ। शेयर बजारको कारोबारले पनि यो महिना तपाईंलाई राम्रै फल दिनेछ।
सिंह राशि
सिंह राशिको लागि वैशाख महिना अत्यन्त शुभ रहनेछ। धार्मिक कार्यमा तपाईंको रुची बढ्नेछ। प्राविधिक क्षेत्रबाट बढी सफलता मिल्नेछ। यस समयमा हात हालेको हरेक क्षेत्रमा तपाईंले विशेष सफलता प्राप्त गर्न सक्नुहुनेछ। घर-जग्गा किन्ने तपाईंको सपना पनि यो समयमा साकार हुनेछ। आर्थिक स्थिति बलियो हुनेछ।
तुला राशि
वैशाख महिना यस राशिका मानिसलाई अत्यन्त शुभ रहन्छ। कार्यक्षेत्रमा तपाईं प्रभुत्व जमाउन सक्नुहुनेछ। प्रेम सम्बन्ध अझ बलियो भएर जानेछ। हात हालेको हरेक काममा तपाईंले सफलता प्राप्त गर्नुहुनेछ। नयाँ वस्त्र प्राप्तिको योग रहेको छ। आफन्त तथा साथी-भाइबाट भरपूर सहयोग प्राप्त हुनेछ। व्यापार व्यवसायमा उन्नति हुनुका साथै आर्थिक वृद्धि हुने देखिन्छ।
वृश्चिक राशि
यस राशिका मानिसको लागि यस महिना शुभ रहने देखिन्छ। धर्मकर्ममा तपाईंको मन लाग्नेछ। विपरीत लिंगी प्रति आकर्षण बढ्नेछ। सामाजिक मान-सम्मान बढ्नेछ। राजनीतिक क्षेत्रमा राम्रो सफलता प्राप्त होला। प्रेमसम्बन्धका लागि पनि राम्रो समय रहेको छ। पारिवारिक वातावरण सुखमय रहनेछ।
मकर राशि
वैशाख महिना यस राशिका मानिसका लागि शुभ रहनेछ। भाग्यले पूरा साथ दिनेछ भने हात हालेको हरेक काममा सफलता प्राप्त हुनेछ। सकारात्मक महिना रहेको छ। कार्यक्षेत्रमा ठूला व्यक्तिले तपाईंको कामको खुलेर प्रशंसा गर्नेछन्। कला तथा सांस्कृतिक क्षेत्रमा विशेष सफलता प्राप्त गर्न सफल हुनुहुनेछ।
कुम्भ राशि
सामाजिक क्षेत्रमा तपाईंले उच्च मान-सम्मान प्राप्त गर्नुहुनेछ। लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन्। साथी-भाइको पूरा साथ सहयोग प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्ने छन्। कार्यक्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ। व्यपार व्यवसायबाट राम्रो आम्दानी हुनेछ।
मीन राशि
वैशाख महिनामा तपाईंको लागि शुभ नै भन्नुपर्छ। शेयर बजार र व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। परिवारमा शुभ कार्यको अवसर बन्नेछ। कार्यक्षेत्रमा पदोन्नतिको योग बन्ने सम्भावना उच्च रहेको छ। विभिन्न क्षेत्रबाट अनेक सफलता प्राप्त हुनेछ। आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन्। रोकिएका अधुरा कामहरू पुन: प्रारम्भ हुनेछ।